१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरमा आगलागी हुँदा नाबालिकाको मृत्यु

बाजुरा – बाजुराको मडिमालिका नगरपालिका–८ मा एउटा घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ। घरमा आगलागी हुँदा घरभित्र सुताइएकी गंगा भण्डारीकी १० महिने छोरी देवीका भण्डारीको मृत्यु भएको हो।

बडिमालिका नगरपालिका ८ का अंगे थापाको घरमा आगलागी भएको प्रहरीले बताएको छ। भण्डारी थापाको घरमा बहालमा बस्दै आएकी थिइन्। विजुली सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दिउँसो साढे चार बजेतिर भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र बजार बासीको सक्रियतामा नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट घर भित्रको सम्पूर्ण सरसामान र अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७४ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App