१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दुलही बन्दै एमी

मुम्बई– क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाह सन् २०१७को सबैभन्दा चर्चित विवाह रह्यो । यो साल भने सोनम कपुर र दीपिका पादुकोनको विवाहको चर्चाले बलिउडमा स्थान पाउँदै गरेको छ ।तर दुवैले कहिले विवाह गर्छन् भन्ने कुराको पूर्ण जानकारी बाहिरी सकेको छैन । यसरी चाँडै नै दुलही बन्ने लिस्टमा अब भने एमी ज्याक्सनको पनि नाम थपिएको छ ।

अघिल्लो हप्तामात्र बलिउडको एक अनलाइनले एमी बेलायतको लिभरपुलस्थित नाइटक्लबका मालिका जर्ज इतोऊसँग अफेयरमा रहेको समाचार सार्वजनिक गरेको थियो । सोही अनलाइनले एमीले यो वर्षको अन्त्यसम्ममा विवाह गर्ने मनस्तिि बनाएको खबर सार्वजनिक गरेको छ।

‘एमीले गत साल नै विवाह गर्न चाहेकी थिइन् । तर, त्यतिबेला एमीकै अनिच्छाका कारण सम्भव भएको थिएन । तर, अन्ततः उनीहरू यो साल भने विवाह गर्ने तयारीका साथ मिति र स्थान तय गर्न लागिरहेका छन्,’ डिनए नामक अनलाइनले लेखेको छ ।  जर्ज बेलायतको चेन होटलका उत्तराधिकारी भएको पनि सो अनलाइनले दाबी गरेको छ ।

अक्षय कुमार र रजनीकान्तसँगको फिल्म ‘रोबोट २’को रिलिजको पर्खाइमा रहेकी एमी आजभोलि भने टिभी सिरिज ‘सुपरगर्ल’को सुटिङमा व्यस्त छिन् । ब्रिटिश मुलकी एमीले बलिउड फिल्म ‘इशक’बाट डेब्यु गरेकी थिइन्। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App