१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु

इलाम – जिल्लाका बेग्लाबेग्लै २ घटनामा २ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिका–४ सिम्लेमा अरिंगालको टोकाइपछि रुखबाट लडेर १ जना र त्यही गाउँपालिका–६ मा आगो ताप्नेक्रममा जलेर १ जनाको मृत्यु भएको हो। 

अरिंगाल झार्न मंगलबार राति पौने ११ बजेतिर जंगलमा गएकी सिम्लेकी ३० वर्षीया दिलमा राईलाई अरिंगालले टोक्दा उनी रुखबाट लडेकी थिइन् । राईको घटनास्थलमै मृत्यु भएको नयाँबजार प्रहरी चौकीले जनाएको छ । 

त्यही गाउँपालिकाकी ५५ वर्षीया निरकुमारी राईको घरमै आगो ताप्नेक्रममा लड्दा आगोले पोलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते निरकुमारीको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार विजय राईले बताए।

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App