१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

टीकापुर – टीकापुरस्थित खुला मैदानमा होली खेलिरहेकोअवस्थामा एक युवकको हत्या भएको छ । होली खेलिरहेकै स्थानमा पाँच जनाको समूहले घेरा हालेर खुकरी प्रहार गरी युवकको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।उनीमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने समूह भागेको थियो । 

प्रहरीका अनुसार टीकापुर नगरपालिका–२ सीतापुरका २१ वर्षीय करण थापाको हत्या भएको हो । राति करिव पौने १२ बजे उनलाई खुकरी प्रहार गरिएको थियो । उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धानका लागि सात जनालाई नियन्त्रणमा लिएको छ । ती मध्ये मृतकका आफन्त र केही शंकास्पद व्यक्ति रहेको प्रहरीले जनाएको छ।

मृतक थापा केही महिना अघि मात्रै भारतबाट घर फर्किएका थिए । उनले एक साता अघि एक स्थानीय होटलमा गर्दै आएको कुकको जागिर छोडेका थिए । 

त्यसैगरी गएराति नै थप दुईजनाको समेत शंकास्पद मृत्यु भएको छ । जानकी गाउँपालिका–२ का ४५ वर्षका डल्पबहादुर मगर र जोशीपुर गाउँपालिका –४ का ८० वर्षका जंगबहादुर डगौरा मृत अवस्थामा भेटिएका छन् । 
प्रहरीका अनुसार मगर मोहन्याल गाउँपालिका–२ को जंगलमा र डगौरा पथरैया नदीमा डुबेको अवस्थामा भेटिएका छन्। उनीहरूलाई आफन्तले नै मृत भेटाएका हुन । तीनै जनाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ। प्रहरीले सबै घटनाका बारेमा अनुसन्धान थालेको छ। 

प्रकाशित: १८ फाल्गुन २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App