१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थापाका हत्या आरोपी काठमाडौंबाट पक्राउ

टीकापुर- टीकापुर–२ सीतापुरका २१ वर्षिय कर्ण थापाका हत्या आरोपी दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार टीकापुरका सन्दिप रावल र सागर पाण्डे काठमाडौंबाट पक्राउ परेका हुन्।

उनीहरुलाई कैलालीबाटै खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । फागुन १७ गते राति पौने १२ बजे होली खेलिरहेको समयमा रावल र पाण्डेले थापाको छुरी प्रहार गरेर हत्या गरेको आरोप लागेको छ । उनीहरुसँगै अन्य व्यक्तिहरु समेत संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि १९ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये १५ जनालाई तारेखमा छोडेको अनुसन्धान अधिकृत पुष्कर चन्दले जानकारी दिए।

मृतकका आफन्तले सोमवार चार दिनपछि शव बुझेका छन्। उनको कर्णाली नदी किनारमा दाहसंस्कार गरिएको छ। होली आयोजक टीकापुर साँस्कृतिक समाजको पहलमा भएको सर्वपक्षीय बैठकले चार बुँदे माग सम्बोधन गर्न सबैले पहल गर्ने सहमति जुटाएपछि आफन्तले शव बुझेका हुन्।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App