१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अजित हत्याले र धार्मिक संकट

काभ्रेपलान्चोकस्थित पाँचखाल नपा–६ का हरिभक्त ढकाल (मिजार)को छोरा १७ वर्षीय अजित मिजारको काभ्रेकै ज्याम्दी–८ का ध्रुव पराजुली (ब्राह्मण) की १८ वर्षीया छोरी कल्पनासँग दुई वर्षदेखि प्रेम थियो। सर्वमंगला उमाविमा ११ कक्षामा पढ्ने कल्पनाले २ हप्ताभित्र विवाह गर्न दबाब दिएपछि केटा र केटीको सहमतिमा गत असार २५ गते प्रेम विवाह भयो। त्यसपछि गाउँ समाजको डरले उनीहरु भागेर भक्तपुरस्थित केटाको दिदीको घरमा आइ लुकेर बसे। बिहेको पर्सिपल्ट केटीका बाबुसहित आफन्तहरु इलाका प्रहरी चौकी पाँचखाल पुगे। त्यहाँ दुवै पक्षका आफन्तबीच छलफल भयो। दुवैको उमेर कानुनीरूपमा अयोग्य भएको भन्दै दुवैलाई आआफ्ना अभिभावकले जिम्मा लिने सहमति भयो।

प्रहरी चौकीबाट विवाहित जोडीलाई छुट्याएपछि केटा पक्षले केटालाई आफ्नो घरमा लगे। केटी पक्षले केटीलाई भने काठमाडौंकों चावहिल बस्ने दिदी सम्झना पराजुलीको घरमा जबर्जस्ती लगे। प्रहरी चौकीमा छलफल हुँदा पनि केटीका आफन्तले केटालाई धम्की दिइरहेका थिए। यस्तो धम्की त्यसपछि पनि निरन्तर आएका थिए। असार २८ गते अजित कलेज गएका थिए। २९ गते १ः३० बजे उनी गायब भए। ३० गते उनको लास धादिङको कुुम्पुर गाविस–३ स्थित परेवाटारमा झुण्डिएको अवस्थामा फेला पर्‍यो। देख्ने मानिसमा यो हत्या हो वा आत्महत्या भन्नेबार शंका उत्पन्न भयो। त्यसपछि अन्तरजातीय विवाहका कारण दलित समुुदायको व्यक्तिको मृत्यु भएको भन्दै राष्ट्रिय दलित आयोगलगायत दलित समुदाय घटनाको निष्पक्ष छानविन अनि कारबाहीका माग लिएर सडकमा ओर्लिएको छ। तर अभियुक्तलाई पक्रेर अनुसन्धान गर्ने प्रक्रिया भने  अघि बढेको छैन।

हिन्दु धर्मले नै अछूतपनाको संरक्षण र सम्बर्धन गरेको हुुनाले यसको अन्त्य पहिलो सर्त हुन आवश्यक छ अछूत र हिन्दुहरुको सम्बन्ध सामान्यकरण गर्नका लागि।यस्तो छ घटना

अजित मिजारको हत्याले दलितलाई पुनः एक पटक सडकमा आउन बाध्य बनाएको छ। केही दिनदेखि यो प्रक्रिया निरन्तररूपमा जारी छ। एउटा पुरुषले एउटी महिलासँग प्रेम र विवाह गर्नु नैसर्गिक अधिकार हो। यो अधिकारबाट कसैले कसैलाई वञ्चित गर्नुहँुदैन। बालिग भएर विवाह गर्नु नैसर्गिकमात्र होइन, कानुनी अधिकारसमेत हो। नाबालिग भएको कारण देखाई उनीहरुलाई छुटाउनेसमेत काम भसकेको छ। तर विडम्बना नै भन्नुपर्छ, यही बहानामा एउटा दलित युवाको जीवन नै समाप्त भएको छ। यो सामान्य अवस्था हुँदै होइन। यहाँ अजित मिजारको मात्र होइन, धेरै व्यक्तिको वैवाहिक सम्बन्ध स्थापना गरेकै कारण वा अन्य कारणले ज्यान गुमेको छ।

हिन्दु–दलित सम्बन्ध

चाहे त्यो रामले गरेको सम्बुकको हत्या होस् या कल्पनाको परिवारले गरेको अजितको हत्या, कारण एउटै हो। न सम्बुकलाई ब्राह्मणको नक्कल गरेर तपस्या गर्ने अधिकार हिन्दुु धर्मले दिन्छ न अजित मिजारलाई एउटी हिन्दु महिला त्यो पनि ब्राह्मणकी छोरीसंग बिहे गर्ने अधिकार दिन्छ। यो बिहेसँग हिन्दुुहरुको आत्मसम्मान र प्रतिष्ठा गाँसिएको छ। एउटा हिन्दु जसले अछूतसँगको संसर्गलाई पाप सम्झन्छ। उसको अनुहार हेर्दा पनि कुगति पर्ने डरले शंकित हुुन्छ। दलितहरु बसोबास गर्ने बस्तीहरुमा बसोबास गर्ने चाहना राख्नु त परै जाओस्, प्रवेश गर्नसमेत अप्ठ्यारो मान्छ। त्यस्तो समाजको व्यक्तिसँग आफ्नो छोराछोरीले राखेको वैवाहिक सम्बन्धलाई पचाउन सक्ने त कुरै भएन।

एउटा समुदाय जसलाई कुुकुरको भन्दा पनि तल्लो स्तरको दर्जा दिएको छ हिन्दु समाजले के त्यो समाजसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सम्भव छ? के त्यो समाजसँग अन्तरघुलनको सम्भावना छ? यदि धर्मको कठघरामा उभिएर हेर्ने हो भने त्यो सम्भव छैन। हिन्दु र अछूत समुदायबीचको दूरी भनेको आकास–पातालबीचको जुन दूूरी छ त्यसैसँग तुलना गर्दा अत्युुक्ति नहोला। यिनीहरुबीच धर्मको एउटा विकराल फलामे पर्खाल खडा छ जुन हिन्दु धर्ममा पुुनर्संरचना नगर्ने हो भने त्यो भत्काउन सम्भव छैन।

अछूतहरु आफूलाई हिन्दु भन्ने गर्छन्। हिन्दुहरुका जे परम्परा, संस्कार र संस्कृति छ त्यसैमा आफूूलाई अभ्यस्त गराएका छन्। हिन्दु र अछूतहरुमा नश्लीय विभेद पनि केही छैन्। मन्दिर प्रवेशबाट दलितलाई वञ्चित गरिएको छ तैपनि टाउकै फुटाएर पनि अछूतहरु आफ्नो आस्थाको धरोहर मन्दिर प्रवेश गर्न चाहन्छन्। लोकतन्त्र स्थापनासँगै छुवाछूतलाई मानवता विरोधी अपराधका रूपमा स्थापित गराइसकिएको छ। जातीय विभेद गर्नेलाई कडा दण्ड सजायको  व्यवस्था छ। देशलाई छुुवाछूत मुक्त राष्ट्र्र्र घोषणा गरिइसकेको छ। कानुनले जातीय विभेदको मुद्दालाई सरकारवादी मुुद्दाका रूपमा मान्यता दिएको छ। छुवाछूतविरुद्ध राज्यले यति धेरै कानुनी सजाय व्यवस्था गर्दागर्दै पनि किन नेपाली समाजमा अछूतहरुले ज्यान बिसर्जन गर्नुपरिरहेको छ? उसको अप्राकृतिक मृत्युलाई हिन्दुु समाजले किन सहजरूपमा लिइरहेको छ? अछूतहरु सडकमा ओर्लिएर घटनाको छानबिन गरी दोषी ठहरिएकालाई सजाय दे भनेर संघर्ष गरिरहेका छन् तर राज्य किन यसमा संवेदनशील छैन? सवाल गम्भीर छ।

हरेक समस्या र त्यसले निम्त्याएका परिणामपछाडि केही न केही कारण हुन्छन्। एउटा हिन्दुले अछूतमाथि निर्मम विभेद गनर्ुुका पछाडि पनि हामीले कल्पना नै गर्न नसक्ने कारण लुकेको छ भन्ने तथ्य बुुझ्न जरुरी छ। अजितको निधन त्यही कारणले निम्त्याएको एउटा परिणाममात्र हो। हामीले अजित र कल्पनाको विवाहलाई सतहीरूपमा हेर्ने हो भने एउटा सामान्य घटना हो। एउटा  पुरुषले एउटी महिलालाई विवाह गर्‍यो। तर यहाँ त्यसरी हेरिएन। यही नहेर्नाले मान्छेको बाँच्ने र विवाह गर्ने नैसर्गिक अधिकारसमेत समाजले खोसको छ। यो सम्बन्धलाई धर्मको नाममा जातीय विभाजनको पर्खाल निर्माणमार्फत निषेध गरेको छ। हिन्दु समाजले यसलाई धर्मविरुद्ध भएको आपराधिक कर्मका रूपमा लिने गरेको छ। किन लिएको छ? यो प्रश्नको उत्तर खोज्न जरुरी छ।

दोष धर्मशास्त्रमा

हिन्दुहरुको धर्मशास्त्रले अछूत र हिन्दुको सम्बन्धबारे स्पष्ट व्याख्या गरेको छ। चाहे त्यो स्मृति होस् या पुराण, सबै धर्मशास्त्रले अछूतलाई हिन्दुभन्दा बाहिरको समुदायका रूपमा व्याख्या गरेको छ। सामान्य मानवका रूपमा समेत नहेरेर अछूूतहरुको तुलना  चोर, डाँका, अपराधीसँग गरेको छ। दलितलाई हिन्दुहरुको समकक्षी समुुदायका रूपमा हेरेकै छैन्। त्यसमाथि पनि अझै गम्भीर फरक कहाँ छ भने दलितहरु सुुंगुर, मरेको गाईको मासु खाने जसलाई हिन्दुले मासु खाने त परै जाओस्, सुंगुरलाई अपवित्र पशुका रूपमा हेरेका छन् भने गाईको मासुलाई भोजनका रूपमा ग्रहण गर्ने कुरा त परै जाओस्, एउटा पवित्र पशुका रूपमा मात्र होइन, देवीकै रूपमा पूजा गर्ने प्रचलन कायमै छ। गाईको हत्या भनेको मान्छेको हत्याभन्दा ठूलो अपराधका रूपमा हिन्दु धर्मशास्त्रले व्याख्या गरेको र अछूतहरुले एकातिर गाईको मासु खाने अर्कोतिर हिन्दुहरुसँग कुनै किसिमको जनजातीय सम्बन्ध पनि नभएको कारणले गर्दा एउटा मरेको गाईको मासु खाने अछूतसँग उसले वैवाहिक सम्बन्ध राख्नु भनेको धर्म नष्ट गर्नु भएकाले अछूतसँगको सम्बन्ध अन्त्यत घृणित तरिकाले हेर्ने गरिएको यथार्थ बुझ्न जरुरी छ।

त्यसैले दोष धर्मशास्त्रमा छ। धर्मले नै एउटा व्यक्तिलाई विभेद गर भनेर आदेश दिएको छ र व्यक्तिले त्यसको पालना गर्छ भने त्यो व्यक्तिलाई कुनै नियम/काननले आदेश पालना गर्नबाट रोक्न सक्दैन्। हजारौं वर्षदेखि  भारतीय उपमहाद्वीपमा अछूतहरुको हत्या भइरहेको छ। यो हिन्दु धर्ममा जाति प्रथा रहेसम्म र गाईलाई पवित्र देवीका रूपमा पूजा गर्ने परम्परा रहेसम्म चलिरहनेछ। किनभने यो धर्म रक्षाका लागि गरिने अपराध हो। यो व्यक्तिको आस्थासँग गाँसिएको पक्ष हो। यसलाई कानुनको कुनै दफाले रोक्न सक्दैन।

प्रकाशित: ३ भाद्र २०७३ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App