४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेरिका उत्तर कोरिया वार्ता ऐतिहासिक’

सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच हुने भनिएको वार्ता एक ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनले भने– ‘यो एक वास्तविक उपलब्धि हो र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो सघाउ पुग्नेछ।’ 

‘मैले भर्खरै सुनेँ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उन आगामी मे महिनाभित्रमै वार्तामा बस्दै हुनुहुन्छ, यसले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना र उत्तर कोरियाली अणुअस्त्रको उत्पादन घटाउने काममा सहयोग पु¥याउने छ’, उनले थपे।

उनले यस वार्ताका लागि बस्ने भनी गरिएको सहमतिको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनलाई पनि विशेष धन्यवाद दिएका छन्। 

साथै यस भ्रमणले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उक्त बैठक एक महत्वपूर्ण घटना हुने र यसले कोरियाली मात्र नभएर संसारकै नागरिकको शान्तिको इच्छा आकांक्षामा सघाउ पु¥याउने पनि बताए। 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिका गएका थिए। 

उनीहरुले उत्तर कोरियाली नेता किमको पत्र अमेरिकी राष्ट्रपतिलाई दिएका थिए। सो पत्रमा वार्ताका लागि नेता किमले आग्रह गरेका थिए।

उक्त पत्र प्राप्तगरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आफू वार्ताका लागि तयार रहेको बताएको विशेषदूत चुङले वासिङ्टनमा जानकारी दिएका छन्। 

प्रकाशित: २५ फाल्गुन २०७४ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App