३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अमिताभको सम्पत्ति हजार करोड

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको सम्पत्ति १ हजार करोड भन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ। शुक्रबार अमिताभकी पत्नी एवं अभिनेत्री जया बच्चनले राज्यसभामा प्रस्तुत गरेको खर्च विवरणमा हजार करोड सम्पत्ती देखिएको हो।

जयाले राज्यसभामा समाजवादी पार्टीको तर्फबाट सांसद निर्वाचिन भएपछि सपथपत्रमा बच्चन परिवारको सम्पति विवरण प्रस्तुत गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

विवरणका अनुसार जया र उनका श्रीमान अमिताभ बच्चनसँग १०.०१ अरब रुपैयाँ बराबरको सम्पति छ। पछिल्लो ६ वर्षमा उनीहरुको सम्पति दोब्बर भएको छ। २०१२ मा उनीहरुको सम्पति ५०० करोड रुपैयाँ रहेकोमा यस वर्ष १ हजार करोड रुपैयाँ कटाएको बताइएको छ।

शपथपत्रमा उल्लेख गरिएबाहेक उनीहरुसँग थप ४६० करोड बढीको अचल सम्पति छ। उनीहरुको धेरै देशका बैंक खातामा पनि करोडौं रुपैयाँ छ। 

प्रकाशित: २६ फाल्गुन २०७४ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App