६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सप्तरीमा दलित महिलाको सामूहिक बलात्कार

राजविराज – सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाकी एक दलित महिलाले आफूमाथि सामूहिक बलात्कार भएको आरोप लगाएकी छन्। सदरमुकाम राजविराजसँगै जोडिएको इटहरी विष्णुपुर गाउँपालिका वडा नम्बर–७ घर भएकी राम(चमार) थरकी अन्दाजी ३१÷३२ बर्षीय महिलाले गाउँकै दुई जनाले जबरजस्तीकरणी गरेको आरोप लगाएकी हुन्। 

साँझ ७ बजेतिर बजारबाट फर्किदै गर्दा आरोपीले समातेर कोशी पश्चिमी नरहको डिल नजिकै रहेको झाडीमा लगि पालैपालो बलात्कार गरेको पीडितको आरोप छ। घटना शनिवार साँझ ७ बजेतिरको हो। घटनाको जानकारी पाएलगत्तै आरोपीहरु खोज्न प्रहरी परिचालित गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए। 

दुवै जना आरोपीहरु पनि राम थरकै रहेको एसपी सिंहले बताए। ‘हाल नाम सार्वजनिक गर्न मिल्दैन, हामी आरोपीको खोज तलासका निम्ती व्यापक प्रहरी परिचालित गरिसकेका छौ’, एसपी सिंहले भने, ‘राति १० बजेतिर नै हामिले जानकारी पाएलगत्तै बोर्डर नाकाहरुमा समेत प्रहरी परिचालन गरिसकेका छौ, आरोपीहरुलाई जुनसुकै हालतमा पक्राउ गरिन्छ।’ 

यता पीडितलाई हाल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी सिंहले बताए। ‘पीडितको मेडिकल रिर्पोट पनि आइसकेको छैन’, उनले भने, ‘आरोपीको खोजतलासका साथै विभिन्न कोणबाट घटनाको अनुसन्धान समेत थालिसकेका छौ।’ 

प्रकाशित: २७ फाल्गुन २०७४ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App