६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

दमौलीमा ग्याङफाइट, २ गम्भीर

तनहुँ –तनहुँको व्यास ३ निमचोक स्थित युवा समूहबीच झडप हुँदा दुई युवा गम्भीर घाइते भएका छन्। आइतबार साँझ निमचोक स्थित कामना बैंक अगाडि ठूलो संख्यामा आएका दुई युवा समूहबीच झडप भएको हो।

झडपमा ऋषिङ गाउँपालिका १ झापुटारका २२ वर्षीय मिलन थापा र सोही स्थानका १८ वर्षीय विसन थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैको दमौली अस्पतालमा सामान्य उपचार पश्चात पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। त्यस्तै झडपमा व्यास ५ चापाँघाट बस्ने १५ वर्षका समिर वासी मगर र व्यास ३ का १६ वर्षीय अञ्जन पुलामी मगरलाई समान्य उपचार पश्चात अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले घटनाको अनुसन्धानको लागि घाइते दुई र थप ५ गरी सातजनालाई नियन्त्रणमा लिएको जनाएको छ।  झडप स्थलमा सिसाको बोत्तल फुटेको अवस्थामा देखिएको थियो । घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला पहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले बताए। ‘दुई युवा समूहबीच झडप भएको हो घटना के कारणले घट्यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ,’ प्रहरी नायव निरीक्षक पाण्डेले भने। 

प्रकाशित: २८ फाल्गुन २०७४ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App