१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बस्नेतले जिते म्याराथनको उपाधि

रुकुम – प्रथम सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधि सानीभेरी–३, का अर्जुन बस्नेतले हात पारेका छन्। तीन घण्टा १६ मिनेटमा २३ किलोमिटर दूरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।

यस्तै तीन घण्टा १७ मिनेटमा दूरी पार गर्दै मुसीकोट नगरपालिका–६, का दुर्गाराज बुढा दास्रो र प्युठान नौबनी गाउँपालिकाका दामोदर बुढा तीन घण्टा १९ मिनेटमा दूरीमा पारगर्दै तेस्रो भए। सानीभेरी गाउँपालिकाले युद्ध पर्यटनलाई टेवा पु-याउने उद्देश्यले पहिलो पटक उक्त म्याराथन प्रतियोगिता आयोजना गरेको हो। 

प्रथम, दृतिय र तृतियलाई जनही क्रमशः ५०, ४० र ३० हजार नगद सहित मेडल, कप तथा प्रमाणपत्र प्रदान गरिए छ।

 

प्रकाशित: १ चैत्र २०७४ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App