२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ।

आन्ध्र प्रदेशलाई विशेष राज्यको मान्यता नदिलाएको भन्दै असन्तुष्ट तेलगु देशम पार्टी (टीडीपी)ले आइतबार संसदमा मोदी नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेको छ। अविश्वास प्रस्ताव सोमबार संसदमा प्रस्तुत गरिनेछ।

वाईएसआर कांग्रेसले पनि यो प्रस्तावलाई समर्थन गरेको छ। मुख्य विपक्षी दल कांग्रेस, एआईएडीएमके, एआईएमआईएम र आम आद्मी पार्टीले पनि अविश्वासको प्रस्तावलाई सर्मथन गर्ने घोषणा गरेको समाचार संस्था एएनआईले जनाएको छ।

कार्यकालको ४ वर्ष पुरा हुन दुई महिना बाँकी रहँदा मोदी सरकारविरुद्ध विपक्षीले अविश्वासको प्रस्तावमार्फत चुनौती दिन लागेका हुन्।

अविश्वासको प्रस्तावक चन्द्रबाबु नायडूले केन्द्र सरकारले आन्ध्र प्रदेशसँग अन्याय गरेकाले अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएको प्रतिक्रिया दिएका छन्। 

 

प्रकाशित: ४ चैत्र २०७४ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App