१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा संकटकाल हट्यो

कोलम्बो– श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाएका छन्। 

यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गरेको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी अधिकारीहरुले दिएका छन्। 

श्रीलङ्काको मध्यक्षेत्रमा व्यापक विरोध प्रदर्शन भएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल लगाएको थियो। 

राष्ट्रपतिका सचिव अष्टिन फेर्नान्डोले संकटकाल हटाउने राजपत्रमा राष्ट्रपति सिरिसेनाले हस्ताक्षर गरेको पुष्टी गरे। 

श्रीलंकामा करिब ३० वर्षदेखि जारी यहाँका विद्रोही तामिल टाइगर्सको हिंसात्मक विद्रोहको सन् २००९ मा अन्त्य भएपछि यो संकटकालीन अवस्थाको घोषणा पहिलो पटक गरिएको थियो। 

हस्ताक्षर गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘सार्वजनिक सुरक्षाका लागि हामी गम्भीर छौं, अहिले अवस्था सुध्रिएको छ, त्यसैले आज मध्यरातीदेखि संकटकाल हटाइएको छ।’ 

यसै महिनाको सुरुमा काण्डीमा भएको प्रदर्शनका क्रममा तीन जनाको ज्यान जानेगरी भएका प्रदर्शन र हिंसात्मक हमलाहरुपछि संकटकालीन अवस्थाको घोषणा गरिएको थियो। 

सो हिंसाका क्रममा सयौं पसल, घर, मन्दिर, मस्जीद लगायतमा ठूलो क्षती पुगेको छ। सो प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारी सुरक्षाकर्मीहरुले झण्डै २८० जनालाई गिरफ्तार गरेको थियो। 

प्रकाशित: ४ चैत्र २०७४ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App