१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुमधुर बन्दै सेना र स्थानियको सम्वन्ध

रुकुम – २०५६ फागुन ११ गते राज्यवाट खारामा १५ जना निर्दाेष ब्यक्तिको हत्या भयो। सोही दिन ७१ जनाको घरहरु जलेर नष्ट भए। सन्तान र घर जलेपछि खारा स्तब्ध भयो। यहाँका वासिन्दाहरु बेसहारा भए। नजिकै नेपाली सेनाको ब्यारे थियो। उनीहरु सेनाबाट प्रत्यक्ष निगरानीमा थिए। पटक–पटक दुःख दिन थालेपछि नेपाली सेना र स्थानियहरुबीच सम्बन्ध चिडियो।

खारा ब्यारेकमा तत्कालिन माओवादीले आक्रमण गर्दा समेत अपेक्षाकृत स्थानीयहरुले नेपाली सेनालाई सहयोग गरेनन्। घरहरु छाडेर माओवादी लडाकुहरुलाई जिम्मा दिए। केही घरहरुमा लडाईका क्रममा माओवादीले मेडिकल रुम समेत निर्माण गरे। द्वन्दको समयमा बिग्रिएको सम्बन्ध स्थानिय र नेपाली सेनाबीच विस्तृत शान्ति सम्झौता हुँदा पनि सुधार हुन सकेन्। तर पछिल्लो समय नेपाली सेना र स्थानियबीच सम्बन्ध सुधार हुँदै गएको छ। 

‘द्वन्दको कुरा भुलेर नयाँ सम्बन्ध विस्तारमा लागेका छौं’ स्थानिय कौशिला पुनले भनिन्, ‘पुराना कुरा विर्सदै छौं।’ द्वन्दको समयमा उनको छोरीलाई मानसिक यातना दिइएको थियो। जसले गर्दा अहिले पनि उनी पूर्णरुपमा ठिक छैनन्। ‘अहिले गाउँमा केही समस्या भएको बेला सेना आएर सहयोग गर्छन्’ उनले भनिन्, ‘नेपाली सेना दुःखको सारथी बनेको छ।’ ‘केही वर्ष अघिको कुरा सम्झदै’ उनले भनिन्, ‘गाउँमा आगलागी हुँदा नेपाली सेना आएर उक्त आगो नियन्त्रण ग-र्याे।’ ‘नत्र घर जलेर नष्ट हुने थिए’ उनले भनिन, ‘त्यतिबेला सेनाले ठूलो सहयोग ग-यो।’

अहिले गाउँमै नेपाली सेनाले अस्पताल समेत निर्माण गर्न थालेको छ। द्वन्दको समयमा नेपाली सेना र स्थानियबीच चिडिएको सम्बन्ध सुध्रिने अपेक्षा गरिएको छ। ‘हिजो पनि जनताको साथमा हामी थियौं’ खारा व्यारेकका क्याप्टेन अमर केसीले भने, ‘अहिले पनि जनताकै साथमा छौं ।’ ‘नेपाली सेनाले यहाँ सामान्य व्यापार समेत गरेको छ’ स्थानिय देवी बिकले भनिन्, ‘यहाँ उत्पादित बस्तु सेनाले लिने गरेका छन्।’ यसले यहाँ उत्पादिक वस्तुहरु सजिलै खपत हुने गरेको उनले बताइन्। 

सेना नजिकै हुँदा सामान्य समस्यामा समेत सेनाकै आश गर्ने गरेको स्थानियहरुले बताएका छन्। नेपाली सेना देखेर घर भित्र लुक्नु पर्ने अवस्थाको अन्त्य हुँदै जाँदा उनीहरुको सम्बन्ध समेत समधुर हुँदै गएको छ। ‘द्वन्द समाधान भएपछि पनि सेना देखेर यहाँका महिला र वालवालिकाहरु घरभित्र लुक्ने गरेका थिए’ स्थानिय पार्वती पुनले भनिन्, ‘अहिले त्यस्तो अवस्था छैन्।’ ‘हामीहरुले सेनालाई सहयोगीको रुपमा लिएका छौं’ उनले भनिन्। अहिले नेपाली सेना स्थानियहरुको सहयोगी बनेका छन्। त्यसैगरि स्थानीयहरु नेपाली सेनाका सहयोग भई काम गरिरहेका छन्।

शान्ति तथा पुननिर्माण मन्त्रालयले २०६५ असारदेखि खारामा नमुनाबस्ती कार्यक्रम लागु भएपछि यहाँका वासिन्दाहरु खुशी छन्। यसले पनि सम्बन्ध सुधारमा प्रत्यक्ष सहयोग पुगेको बताइएको छ। विद्यालय मर्मतका कामहरु समेत नेपाली सेनाले गरिरहेको स्थानियले बताए।

प्रकाशित: ६ चैत्र २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App