१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङले एकको मृत्यु, दुई गम्भीर

उदयपुर–मंगलबार विहान वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। एक बृद्ध र बालकसहित दुईजना पुरुष गम्भीर घाईते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर विहान ४ः०० बजे जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला–७ लालबजारका ४६ बर्षीया शर्मिला उपरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमै सुतिरहेकी उपरकोटीको चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए। उनकाअनुसार छिमेकी घरका ६५ बर्षीय रुद्रबहादुर कार्की र उनकै नाति १२ वर्षीय अर्जुन सख्त घाईते भएका छन्। उनीहरुको उपचार गर्न स्थानीय खोलामा आएको बाढीले छेकेका कारण कतै लान नसकिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०७३ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App