१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुश्मनविरुद्ध रगतको लडाई लड्न तयार छौं : चिनियाँ राष्ट्रपति

बेइजिङ– चीनका राष्ट्रपति सी जिनपिङले दुश्मनविरुद्ध रगतको लडाई गर्न तयार रहेको बताएका छन्। 

मंगलबार १३ औं नेशनल पिपुल्स कांग्रेसलाई आक्रामक रुपमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीन विश्वमा आफ्नो ठाउँ पाउने कुरामा पूर्ण रुपमा विश्वस्त रहेको र राष्ट्रको कायापलट नै चिनियाँ नागरिकको सबैभन्दा ठूलो सपना भएको टिप्पणी गरे।

‘हामीहरु आफ्नो दुश्मनविरुद्ध रगतको लडाई लड्नका लागि कृतसंकल्प छौं। हामीहरु पुरै शक्तिका साथ विश्वमा आफ्नो स्थान पाउनका लागि संकल्पबद्ध छौं’, उनले भने।

सम्बोधनका क्रममा चीनको गौरवशाली इतिहास र ऐतिहासिक उपलब्धिहरुको चर्चा गरेका सीले ताइवान र हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई पनि चेतावनी दिए। चीनबाट कसैले पनि एक इन्च जमिन टुक्राउन नसक्ने भन्दै उनले सम्बोधन गरेपछि त्यहाँ उपस्थित सदस्यहरुले ताली बजाएर स्वागत गरेका थिए।

‘हामीलाई आफ्नो सम्प्रभुता र क्षेत्रीय एकतामाथि नियन्त्रण गर्न जरुरी छ। हामीले जुनसुकै हालतमा मातृभुमीको एकता सुनिश्चित गर्नुछ’, राष्ट्रपति सीले भने। 

चीनको असली हिरो यहाँका नागरिक हुन र सबै राजनेताले जनताको हितमा कडा मेहनत गर्नुपर्ने भन्दै राष्ट्रपति सीले देशलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ६ चैत्र २०७४ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App