१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिलाई मोदीको फोन, महत्वपूर्ण विषयमा समझदारी

बेइजिङ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई टेलिफोन गरेका छन्।
मंगलबार साँझ भएको फोनवार्तामा दोस्रो पटक राष्ट्रपति निर्वाचित सीलाई बधाई दिँदै मोदीले द्विपक्षीय सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिएको सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले मोदीसँग आपसी राजनीतिक सहमति बढाउन आफू दीर्घकालिन रणनीतिक द्विपक्षीय सम्बन्धका मुद्दामा भारतीय नेताहरुसँग सम्वाद गर्न तयार रहेको बताएका थिए। उनले चीन भारतसँग द्विपक्षीय सहयोगलाई बढाउन इच्छुक रहेको पनि बताएको सिन्ह्वाले जनाएको छ।

दोक्लम प्रकरणबाट दुई देशबीच चिसिएको सम्बन्ध पछिल्लो समय सुदृढ हुँदै गएको छ। यही बीचमा भारतीय प्रधानमन्त्री मोदीको फोनवार्ताले सम्बन्धमा थप सकारात्मकता ल्याउने विश्वास गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App