१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलमा आत्मघाती हमला, २६ को मृत्यु

काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ।

पश्चिमी काबुलको साखी मस्जिद नजिकै बुधबार भएको आत्मघाती विस्फोटमा २६ जनाको मृत्यु र १८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।
नयाँ वर्षको अवसरमा नौराजका लागि भेला भएका अल्पसंख्यक शिया समुदायका मानिसलाई लक्षित गरी विस्फोट गराइएको थियो।

अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन्।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले साखी समुदायका एक व्यक्ति पैदल घटनास्थलमा आएको र प्रहरीले शंका लागेर सोधपुछ गर्दा आफैलाई विस्फोट गरेको बताए। घटनाको अनुसन्धान भइरहेको उनको भनाई छ।

पछिल्लो समय अफगानिस्तानमा आत्मघाती हमला बढेका छन्। 

प्रकाशित: ७ चैत्र २०७४ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App