१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दलितबस्तीमा घर पुनर्निर्माणको उत्साह

धादिङ – नीलकण्ठ नगरपालिका ८ कुमालगाउँकी राममाया कुमाललाई घर बनाउने चटारो छ। उनी दिनभर इँटा बनाउने, ओसार्ने र डकर्मीलाई सहयोग गर्ने काम गर्छिन् ।उनलाई आफ्नो घर आफै बनाउँदाको खुसी छ। भूकम्पप्रतिरोधी घर बन्ने उत्साह पनि उनमा थपिएको छ। घर बनाउन बिहानदेखि बेलुकासम्म उनी खटिन्छन्। उनले भनिन्, ‘आफ्नै मेहनतले घर बनाइरहेको छु । तीन वर्षपछि बल्ल ओतमा बस्न पाउने भयौं।’

कुमालगाउँका धेरै परिवारले घर कहिले पूरा होला र सुखले बस्न पाउँला भनेर काम गरिरहेका छन्। भूकम्पले घर भत्किएपछि राममायाको परिवारको टहरामा बास छ। टहरामा घामपानी छेक्दै आइरहेका उनको परिवार भूकम्पप्रतिरोधी घरमा बस्न पाउने भएका छन्। उनले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँलिइसकेकी छिन्। सरकारले दिने रकमले घर नबन्ने भएपछि उनीहरू टहरामा बसिरहेका थिए। घर बनाउन गाउँमा भनेजस्तो डकर्मी नभेटिएको र निर्माण सामग्रीको महँगीका कारण राममायाले घरको जगसमेत हालेका थिएनन्।

नीलकण्ठ नगरपालिका ९ निगलपानीमा पनि घर बनाउने कार्य धमाधम चलिरहेको छ । केहीले इँटा बनाउने काम गरिरहेका छन्। केहीले घरको गारो लगाइरहेका छन्। कसैले रड काटेका र सिमेन्ट मसला घोलिरहेका छन्। सबै गाउँले मिलेर नमुना बस्ती निर्माण गर्न थालेकोे निगलपानीका गोकुल बिसुंकेले बताए। भूकम्पपछि टहराको कष्टले आफूहरूलाई काम गर्ने जोसजाँगर थपिदिएको गोकुलको भनाइ छ । 

घर बनाउने कार्य धमाधम चलिरहेको छ । केहीले इँटा बनाउने काम गरिरहेका छन् । केहीले घरको गारो लगाइरहेका छन् । कसैले रड काटेका र सिमेन्ट मसला घोलिरहेका छन् । 

र बनाउन कुमाल र दलित बस्तीमा स्रोतसाधन तथा बजेट अभावकै कारण पुनर्निर्माण कार्य अघि बढ्न सकेको थिएन। यस बस्तीमा एक्सन नेपाल र अक्सफामले भूकम्पप्रतिरोधी नमुना घर निर्माणका लागि सहयोग गरेका छन्। सरकारले दिने भनिएको रकमबराबरको घर निर्माण गर्न लागिएको एक्सन नेपालका मूल्यांकन तथा अनुगमन अधिकृत प्रमोद भट्टले जानकारी दिए।

‘कमजोर आर्थिक अवस्था भएका कुमाल र दलित परिवारलाई घर निर्माणमा सहयोग गरेका छौं। अबको एक महिनाभित्र सम्पूर्ण घर निर्माण भइसक्नेछ। गरिबी र पछौटेपनमा रहेका बस्तीलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी भूकम्पप्रतिरोधी नमुना घर निर्माण गरिएको हो,’ भट्टले भने। 

घर बनाउन इँटा बनाउने मेसिन पनि प्रदान गरिएको छ। पुनर्निर्माणका लागि टाढाबाट इँटा खोजेर ल्याइरहनुपर्ने झन्भट पनि छैन। आफ्नै हातले बनाइएका इँटाले घर बनिरहेका छन् । माटो, बालुवा र सिमेन्टको मिश्रणबाट सिएसइबी नामको इँटा तयार गरिएको कुमालगाउँका दीपक कुमालले बताए। एकपटक घोलिएको माटो, बालुवा र सिमेन्टको मिश्रणबाट ६४ वटासम्म इँटा निकाल्न सकिने उनले बताए। आफैले तयार पारेर घर बनाउन सकिने भएपछि खर्च कम हुने र निर्माण सामग्री टाढाबाट ल्याइरहनु पर्दैन । गाउँलेलेघर बनाउने रोजगारीसमेत पाएको उनले बताए। 

भूकम्पपछि कम लगानीमा सजिलै भूकम्प प्रतिरोधी घर बनाउन सकिने उदाहरण यी कुमाल र निगलपानी बस्ती बनेका छन्। कुमालबस्तीमा १५ वटा र निगलपानीमा २० वटा भूकम्प प्रतिरोधी घर बन्न लागेका छन्।  परिवार संख्याका आधारमा घरको कोठा निर्धारण गरिएको छ। दुईजनासम्म भएको परिवारलाई २ कोठा, ५ जनासम्म भएकालाई ३ कोठा र ५ भन्दा बढी सदस्य रहेको परिवारलाई ४ वटा कोठाको घर निर्माण भइरहेको छ।

प्रकाशित: ९ चैत्र २०७४ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App