१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

वासिङ्टन – अमेरिकी व्यापारबाट चीनले बौद्धिक सम्पत्ति चोरी र स्थानान्तरण गर्न प्रोत्साहन गरिररहेको निश्चित भएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध प्रतिबन्ध घोषणा गर्ने योजना बनाएको छ।

चीनले अमेरिकी व्यापारबाट बौद्धिक चोरी र स्थानान्तरण गर्न प्रोत्साहन गरिरहेको विषयमा भएको वर्षौंको छलफलपछि यस्तो कदम चाल्न लागेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उधृत गर्दै बिबिसीले जनाएको छ। 

चीनविरुद्ध अमेरिकाले चाल्ने नयाँ कदममा कर (ट्यारिफ) लगाउने तथा अन्य उपायहरु हुने अनुमान गरिएको छ। अमेरिकाले लगाउने कुनै पनि खालको प्रतिबन्धसँग उचित कदमसहित बदला लिन तयार रहेको चीनले बताएको छ। 

अमेरिकाले लगाउने कुनै पनि प्रकारको प्रतिबन्धसँग उचित कदमसहित बदला लिन तयार रहेको चीनले बताएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ३० देखि ६० विलियन अमेरिकी डलरसम्मको ट्यारिफ लगाउनुका साथै अमेरिकामा चीनको लगानीलाई प्रतिबन्ध लगाउनेसम्मका उपाय अवलम्बन गर्ने बारेमा सोच बनाइरहेको अमेरिकी सञ्चारमाध्यमलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ। अमेरिको यस विषयमा विश्व व्यापार संगठनमा समेत उजुरी दिनेबारेमा सोचिरहेको अधिकारीहरुले जनाएका छन्। अमेरिकाका उच्च व्यापारिक वार्ताकार  रोबर्ट लाइटथिजरले संसद्का सदस्यलाई बुधबार अमेरिकाले चीनमाथि व्यापक दबाब र अमेरिकी उपभोक्तामाथि कम दबाब दिने खालको उपाय खोजिरहेको बताएका थिए। उनले बौद्धिक सम्पत्ति जोगाउनु अमेरिकी अर्थतन्त्रका लागि अत्यन्तै कठिन भइरहेको समेत बताएका थिए। ‘यो अत्यन्तै महत्पूर्ण विषय हो,’ लाइटथिजरले बताएका थिए। ‘सम्भवतः व्यापारलाई पुनः सन्तुलन कायम गर्नका लागि यो अत्यन्तै महत्पूर्ण विषय हुनसक्ने हामीहरुलाई लागिरहेको छ,’ संसद्का सदस्यलाई बुधबार लाइटथिजरले बताएका थिए।

ट्यारिफमा के छ?
प्रविधिको स्थानान्तरणका लागि दबाब दिने उद्देश्यसहित चिनियाँ बजारमा प्रवेश गर्नका लागि स्थनीय साझेदार सिर्जना गर्न चीनले अनिवार्य बनाएको विषय अमेरिकासँग प्रमाण रहेको अमेरिकाका एक व्यापार अधिकारीले संवाददातालाई बताए। अमेरिकाको रणनीतिक महत्वको उद्योगमा लगानी र साइबर हमलालाई सहयोग गर्नका लागि चीनले चलायमान लगानी गरेको प्रमाण समेत अमेरिकासँग रहेको उनले बताए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट महिनामा चिनियाँ अभ्यासबारेको पुनरावलोकन गर्न दिएको आदेशबाट पत्ता लागेको विवरणअनुसार अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउने तयारीको योजना बनाएको बताइएको छ। उक्त पुनरावलोकनलाई ३०१ अनुसन्धान भनेर नामकरण गरिएको थियो। 

अमेरिकी व्यापार ऐनको भाग ३०१ मा राम्रो तरिकाले व्यापार नगरिरहेको कुनै पनि देशलाई एकतर्फी रूपमा प्रतिबन्ध लगाउन सक्ने अधिकार सरकारले दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच रहेको व्यापार घाटाका बारेमा पटकपटक आवाज उठाइरहेका छन्। 

चीनको धारणा के छ?
अमेरिकाले प्रतिबन्ध लगाउने बारेमा योजना सार्वजनिक गरेपछि चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार अमेरिकाले लगाउने नयाँ ट्यारिफविरुद्ध बदला लिन तयार रहेको प्रतिक्रिया दिएको छ। 

‘चीन यत्तिकै बस्दैन। चीनको कानुनी अधिकार र स्वार्थमा हानी भयो भने आफ्नो अधिकारका लागि निश्चित रूपमा सबै प्रकारका उपाय अवलम्बन गर्नेछ,’ चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार चीनले अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनको आधारमाथि लक्षित गर्दै चीनले पनि ट्यारिफ लगाउने तयारी गरेको छ।

प्रकाशित: ९ चैत्र २०७४ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App