५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

एक महिनाको अवधिमा २ जना सुस्त मनस्थितिका बालिका बलात्कृत

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिकामा एक महिना भित्र २ जना सुस्त मनस्थिति भएका बालिकाहरू बलात्कृत भएका छन्।

केहि समय अगाडि बालिकालाई सामुहिक करणी गरेको घट्ना सेलाउन नपाउदै तेह्रथुमकै आठराई गाउँपालिकामा एक किशोरीलाई करणी गरेको आरोपमा बिहीबार ट्याङकर चालक पक्राउ परेका छन्। सुस्त मनस्थिति भएकी १८ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले पक्राउ गरेको हो।

आठराईमा निर्माणाधिन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा १ क ६६७७ नम्बरको ट्याङकर चालकले पसलबाट घर फकिर्दै गरेकी किशोरीलाई ट्याङकरमा घर पुर्याइदिने आश्वासनमा पारी बलात्कार गरेको भन्दै पीडितका परिवारले प्रहरीलाई उजुरी दिएका थिए।

यस अघि पनि आठराई गाउँपालिकामा सुस्त मनिस्थितिकी एक बालिकालाई सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई प्रकाउ गरी अनुसन्धान गरिरहेको छ।

एकै महिनामा आठराईमा २ जना बालिकाको बलात्कार भएपछि महिलाहरू असुरक्षित भएको भन्दै अधिकारकर्मीहरूले अभियुक्तलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्। आठराईमा पटक पटक सुस्त मनिस्थिति भएका बालिकाहरू करणी भएसँगै गाउँबाट समेत विस्तापित हुने गरेका छन्। यस अघि सामुहिक करणीमा परेकी बालिकालाई महिला तथा बालबालिका कार्यालय र अधिकारकर्मीहरुको रोहबरमा सुरक्षित आबासका लागि धनकुटामा पठाइएको छ।

प्रकाशित: ९ चैत्र २०७४ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App