१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राेजाइमा चाट

कमलपोखरीको बिचमा एउटा स्टल राखिएको छ जहाँ हरेक उमेर समुहका मानीसहरुको भिड हुने गर्छ ।  कोहि चाट खादै थिए, कोहि पानी पुरीमा रमाउदै थिए, भो कोहि आफुले अर्डर गरेको खाने कुराको प्रतिक्षामा थिए , यो दृश्य हो कमलपोखरी स्थित ओम पानीपुरी चाट सेन्टरको । यहाँ हरेक दिनजसो यस्तै भिड लाग्ने गर्छ।

दिँउसो खाजाको समयमा भिढ अत्याधिक हुन्छ । बच्चा देखि उमेरका पाका सम्मका मानिसहरु हातमा आफुलाइ मन पर्ने परिकार लिएर खादै गरेको देख्न सकिन्छ । मानिसहरु बस्ने उचित व्यवस्था नभए पनि उभिएरै खाएका हुन्छन् । चाटका बिभिन्न प्रकारहरु खाजाको रुपमा खाने गरिन्छ।

भारतको बिहारका बिजय शाहले कमलपोखरीमा जुसको पसलबाट सुरु गरेका थिए । सुरुमा फलफुलको जुस, आलु टिकिया हुदै चाट, पानीपुरी, मम राख्न थालेका हुन् । बिजयले चाटको व्यापार गरेको आठ बर्ष भन्दा बढी भैसकेको छ । सुरुवातमा मानिसलाई चाट प्रति रुचि नभए पनि अहिले भने चाटका पारखी निकै बढेको बताउछन् बिजय । उनी भन्छन्,‘टिकिया चाटको पसल राखे पछि खाने मान्छे बढेको भएर अन्य चाटको आइटम राखेको हुँ, अहिले मानिसको भिड निकै बढेको छ, एकछिन हात खाली हुदैन् ।’ मिक्स् चाट, दहि पुरी, टिक्की चाट, बिशेष मगाइने चाट रहेको उनले बताए । मानीसलाई चाटप्रतिको मोह निकै बढेको बिजयले अनुभब सुनाए ।

उनी भन्छन्,‘ चाट खान आउनेहरुमा टिनएजरहरु बढी आउछन्, दिनको समयमा खाजा खाने बेला देखि साँझ सम्म नै भिड हुन्छ ।’ चाटको व्यापार गरेर बिजयले दैनिक २५ हजार रुपैया कमाउने बताउछन् । मानीसहरुले चाट खाएपछि राम्रो प्रतिकृया दिदा खुसी लाग्ने बताउछन् । कमलपोखरीमा हरेक समान उपलब्ध हुने, मानीसहरु किनमेल गर्न आउने हुँदा, छिटो मिठो खान आउने उनी बताउँछन् । उनी भन्छिन्, ‘अफिस एरियाका मानिसहको खाजा खाने समयमा प्राय सबै आउछन्।’

निकीता मिश्रा सुर्खेतमा बसेर पढ्छिन्, उनी आलु टिकिया खानमा व्यस्त थिइन् । ११को परिक्षा सकेर बसेकी निकीता हरेक साँझ चाट खाने बताउछिन् । बिदाको समयमा घर आएकी उनी काठमान्डौ छोडेर जादा यँहाको चाटलाई मिस गर्ने बताउछिन् । उनी भन्छिन्, ‘म बाहिर बसेर पढ्ने भएर आवश्क समान यशि बाट लिएर जान्छु, तर चाट लिएर जान मिल्दैन र बसुन्जेल खाने गर्छु ।’कुपन्डोलकी निलम मिश्र हाउस वाइफ हुन् । उनले चाट खान सुरु गरेको सात बर्ष भन्दा बढी भैसकेको छ । उनले ओम पानीपुरी सेन्टरमा मिक्स चाट खादै थिइन् ।

घरायसी समान खरीद गन आएकी निलम आफ्ना छोरी, साथीहरु संग चाटको स्वाद लिन व्यस्त देखिन्थन् । उनी भन्छिन्,‘मलाई मिक्स चाट मन पर्छ, मुड अनुसार हरेक चाट खान रुचाउछु । ’ ललितपुर देखि कमलपोखरी सम्म समान किनमेल गर्न आएकी निलम आएको बेला चाट खाएर नै जाने बताउछिन् ।
चाटका प्रकारहरु
मिक्स चाट
समोसा, आलु र ड्राई फुड राखेर तयार गरिने चाट धेरैको लोकपृय चाट हो । मिक्स चाट पसल अनुसार फरक फरक हुने गर्छ । चाटका पारखीले आफ्नो स्वाद अनुसारको पिरो, नुनिलो छनोट गर्न पाउछन् । पाटन स्थित अन्नपुर्ण स्विट्स् एन्ड फास्टफुडमा इन्डो चाइनीज मेन्यु उपलब्ध छ । साकाहारीका लागि बिभिन्न प्रकारका खाजाका साथसाथै चाटहरु पनि उपलब्ध छन् । अन्नपुर्ण स्विट्स् एन्ड फास्टफुडमा मिक्स चाट बढी बिक्री हुने बताउँछन् ।

अन्नपुर्ण स्विट्स एन्ड फास्ट फुडका सन्चालक बिबेक शर्मा हुन ।अन्नपुर्ण स्विट्स एन्ड फास्ट स्थापना भएको १२ बर्ष भन्दा बढी भैसक्यो । सुरुवात देखि नै चाटका बिभिन्न प्रकारका आइटम राखिएको छ । आलु, समोसा, काचौरी, फलफुल र ड्राई फुड राखेर तयार गरिने उनी बताउछन् । उनी भन्छन्,‘ हाम्रोमा स्वदेशी र बिदेशी दुबै ग्रहाक आउने गर्छन्, प्राय चाटमा मिक्स चाट खान रुचाउछन् ।’ मिक्स चाटमा चाटमा प्रयोग गरिने हरेक आइटम प्रयोग गरिने भएर सबैको रोजाइमा परेको उनी बताउँछन्।

कचौरी चाट
कचौरी चाट मुमको दालबाट बनेको हुन्छ । कचौरी चाटमा अन्य कचौरीको प्रयोग गरेर तयार पारिने व्यापारी बाताउछन् । श्रेया पोख्रेल चाटमा कचौरी चात खान रुचाउछिन् । कचौरी चाट खान थालेको ३ बर्ष भन्दा बढी भएको उनी बताउछिन् । उनी भन्छिन, ‘कचौरी चाटमा राखिने ड्रइ फुड, दहि र मिठो अचार खान मन पर्छ ।’ कचौरी चाट हरेक ठाँउमा उपलब्ध हने व्यापारी बताउछन् । यो चाट अचार, सस् आफ्नो रुचि अनुसारको आन सकिन्छ । बजारमा कचौरी चाट प्रति प्लेट १ सय दश रुपैया पर्छ।

समोेसा चाट
नेपालमा धेरै खाइने चाट हो समोसा चाट । समोसा मन पराउने पारखीहरुको पहिलो रोजाइमा पर्ने गरेको व्यापारी बताउछन् । समोसा, तरकारी, फलफुल, ड्राई फुडको राखेर तयार गरिएको हुन्छ । सामान्यतयः समोसमाको मात्रा बढी हुन्छ । समोसा चाट खानेहरु स्कुले बिद्यार्थीहरु बढी आउने व्यापारी बिजय बताउछन् । सिमोन सिन्तकला पाटनमा कक्षा नौ मा पढिछन् । दिउसोको खाजा खाने समयमा समोसा चाट खाने उनी बताउछिन् । उनी भन्छिन्, ‘मलाई समोसा चाट मन पर्छ, समोसा चाटमा तरकारी र प्याजको मिठो स्वाद हुन्छ ।’ समोेसा चाटको सामान्यतः मुल्य ९० रुपैया पर्ने व्यापारी बताउँछन्।

पापडि चाट
अन्य चाट भन्दा फरक स्वाद लिन चहानेको रोजाइमा परेको हुन्छ पापडि चाट । क्रन्चि खान रुचाउने पारखीका लागि पापडि चाट रोजाइमा पर्छ । नन्दा रोक्का फाइन आर्टकी बिद्यार्थी हुन्, उनलाई पापडि चाट खान मन पर्छ । उनी भन्छिन्,‘ प्राय पाटन ढोका, न्युरोड गएको बेला चाट खाएर आउछु, चाटमा पनि पापडि चाट खान्छु ।’ पापडि चाटलाई दहि पापडि चाट पनि भनिन्छ । दहि पापडि चाट खादा दहिको  गुलीयो स्वाद, क्रिस्पी पापडको स्वाद, आलुको स्वादिलो श्वाद चाख्न सकिन्छ । पापडि चाट सामान्यतयः १ सय दश रुपैया पर्ने व्यापारी बताउँछन्।

आलु टिक्की चाट
अन्य चाटमा आलुलाई बोइल गरेर तयार गरिएको हुन्छ । आलु टिक्की चाटमा भने आलुको फरक श्वाद पाउन सकिन्छ । आलुलाई फ्राई गरेको हुनाले आलु टिक्की चाटमा छुट्टै स्वाद पाउन सकिन्छ । आलु खान मनपराउनेहरुका लागि आलु चाट निकै रुचाउने व्यापारी बताउछन् । आलुमा चना र मसलाको पेस्ट भरेर नयाँ स्वाद दिइन्छ । अफिसको समयमा खाना आउने व्यापारी बिजय शाह बताउछन् । टिक्की चाटमा चना, आलुको छ्ट्टै स्वाद पाउन सकिने उनी बताउछन् । सामान्यतयः आलु टिक्कीको मुल्य १ सय दश रुपैया पर्ने अन्नपुर्ण स्विट्स् एन्ड फस्ट फुडका सन्चालक बताउँछन्।

दहि पुरी चाट
पिरो र चटपट मसला मन नपराउनेहरुको रोजाइमा पर्छ दहि पुरी चाट । दहि पुरीमा बिभिन्न ड्राई फुड, स्वादिलो गुलीयो दहि, पुरीको स्वाद लिन सकिन्छ । दहिको मात्रा धेरै हुनाले यसको नामम दहि पुरी राखिएको व्यापारी बताउछन् । ओम पानी पुरी सेन्टरमा भेटिएकी सुस्मिता थापा दहि पानी पुरी खानमा व्यस्त थिईन । साना साना पुरीको डल्लोमा दहि र ड्राई फुडले भरिएको प्लेट लिएर उभिएर खादै थिइन् उनी ।

उनी भन्छिन्,‘मलाई पिरो र चटपटे खास मन पर्दैन, मलाई गुलीयो मन पर्ने भएर दहि पुरी चाट खान्छु ।’ एक प्लेट दहि पुरी चाट खादा टन्न अघाइने उनी बताउछिन् । सामान्यतयः दहि पुरी चाट २ सय रुपैया पर्ने व्यापारी बताउँछन् ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App