२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भक्तपुर डुबानमा

अविरल वर्षाको कारणले विहीबार भक्तपुर जिल्लाको अधिकांश ठाउँ जलमग्न भयो । भक्तपुरमा मात्रै होइन्,वर्षात्को समयमा काठमाडौं र लतिलपुरको सहरी वस्तीमा नै बाढीको डुबान समस्या देखिन थालेको छ ।

काठमाडौं उपत्यकामा वर्षेनी तिव्रगतिमा जनसंख्या र जनघनत्व बढेसँगै प्राकृतिक ढंगले जमिनमुनि पानी सोस्ने क्रम ह्वात्तै घटेको छ । जसको कारणले वर्षेनी वस्तीमा डुबानको समस्या देखिदैं आइरहेको छ ।  यस अघि वर्षात्को समयमा डुबान नहुने स्थानमा समेत डुबानको प्रकोपको समस्या देखिन थालेको छ । उपत्यकामा खाली ठाउँ भेट्नै मुस्किल पर्छ । जताततै कंक्रिट नै कंक्रिट नै भवन छ । अर्काेतर्फ प्राचीनकालीन राजकुलो तथा नदी क्षेत्रमा बढ्दो अतिक्रमणका कारणले नै बाढीको समस्या उब्जिएको हो।

 पूर्वाधार विद् सूर्यराज आचार्य उपत्यकामा अव्यवस्थित कंक्रिटको बस्तीका कारण प्राकृतिक रूपमा जमिनमुनि पानी सोस्ने क्रम घटेसँगै उपत्यकाको वस्तीमा डुबानको समस्या देखिएको बताउँछन् । ‘पहिले प्राकृतिक रूपमा पानी सोस्ने प्रक्रिया भइराख्थ्यो,’ पूर्वाधारविज्ञ आचार्यले भने, ‘अहिले जताततै कंक्रिटका भवन बने, खोला–नदी अतिक्रमणमा परे । पानीको निकास नभएकाले वस्ती नै जलमग्न हुन पुगेको हो।’

उनका अनुसार आकाशेपानी प्राकृतिक रुपमा जमिनमुनि जानै पाउँदैन् । जसको कारणले घरघरमा पानी पसेर डुबान हुने समस्या देखिएको हो । वातावरणविद् भूषण तुलाधार  अव्यवस्थित सहरीकरणकै कारणले उपत्यकामा बाढी तथा डुबानको प्रकोप देखिएको बताउँछन् ।‘उपत्यकामा यस अघि पानी अविरल वर्षात् हुन्थे ।तर,अहिलेजस्तो वस्ती नै डुबानमा पर्दैन्थ्यो,’ उनले भने,‘अहिले सहर बनाउने नाउमा  कालोपत्रे सडक बनायौं । कंक्रिटका घर ठडायौं । जसको कारणले आकाशेपानी जमिनले सोस्नै पाउँदैन् ।

‘कक्रिंट सहरमा पानी नै सोस्दैन, जसले बाढी निम्ताउँछ’

त्यसैले उपत्यकामा बाढीको प्रकोप देखिएको हो।’वातावरण विद् तुलाधारले सरकारले भूमीगतपानी पुर्नभरण,  वृक्षारोपण, खालीठाउँको संरक्षण र खोला किनारा तथा आशपासको क्षेत्रमा हुदैं आएको अतिक्रमण रोक्नुपर्ने बेला भइसकेको छ ।‘कंक्रिटको संरचनाको कारणले आकाशेपानी पर्ने बित्तिकै ढलमार्फत नदी किनारामा पुग्ने गर्छ । अहिले नदीनाला ओभरफ्लो भएर नै वस्तीमा परेका हुन,’ उनले भने,‘अबदेखि सरकारले जनताको घर–घरमा आकाशेपानी संकलन गर्ने केन्द्र बनाउन जरुरी भइसक्यो।

आकाशेपानी संरक्षण गर्न सकेमा मात्रै उपत्यकामा धेरैहदसम्म डुबानबाट जोगाउन सकिन्छ ।’पूर्वाधार विज्ञ सूर्यराज आचार्य राजधानीको ढल निकास प्रणाली व्यवस्थित नहुँदा सडकमा पानी जम्ने गरेको बताउँछन् । ‘योजनाविनै हचुवाका भरमा ढल बनाउँदा अहिले समस्या देखिएको हो,’ उनले भने, ‘अधिकांश सडकमा सानो क्षमताका ढल–पाइप छन्  ।

उपत्यकामा डुबानको कारण कंक्रिटको संरचना, नदीनाला अतिक्रमण

त्यसमा घर–घरबाट निस्कने फोहोरमैला र अकासेपानी दुवै मिसाउँदा ओभर–फ्लो भएको हो ।’ आचार्य अव्यवस्थित सहरीकरणका कारण उपत्यकाको सडक र ढल अस्तव्यस्त भएको बताउँछन् । फोहोरमैला र ढलको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित: २९ असार २०७५ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App