१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लोकमानको फाइल प्रधानमन्त्री कार्यालयबाट शिलबन्दी गरेर सर्बोच्च पुग्यो

काठमाडौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भूकम्पमा हराएको भनिएको विवादस्पद फाईल शिलबन्दी गरेर सर्वोच्चमा पुगेको छ ।

संवैधानिक परिषदले गरेको सिफारिस सम्बन्धि निर्णयको फाइल शुक्रबार प्रधानमन्त्री कार्यालयले ‘अति गोप्य’ लेख्दै शिलबन्दी गरेर सर्वोच्च पठाएको हो । प्रधानमन्त्री कार्यालयले अति गोप्य लेखेकाले पेशीको दिनमात्रै अदालतले फाइल् खोल्ने जनाएको छ ।

सर्वोच्चले गत शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने निर्णय गर्दै एक साताभित्र फाइल पठाउन दोस्रो पटक आदेश गरेको थियो ।

पहिलोपटक कार्कीको नियुक्तका विषयमा भएको फाइल पठाउन गरेको आदेशमा सरकारले गैर जिम्मेबार जवाफ दिएपछि कारवाहीसहितको चेतावनीयुक्त आदेश गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले फाइल पठाएको भएपनि समान्यले भने पठाएको छैन । मंगलबार म्याद तामेल भएकाले फाइल पठाउन तीनदिनको समय मन्त्रालयसँग बाँकी रहेको छ ।

सर्वोच्चमा फाइल आएपछि कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने निर्णय कानुनसम्मत भए÷नभएको र जनआन्दोलन पछिको सरकारले गरेको निर्णयबारे पुनः अदालतमा बहस हुनेछ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले शुक्रबार कार्कीको नियुक्ति बदर गरिपाऊँ भन्ने निवेदनलाई पुनरावलोकन गर्ने निस्सा (अनुमति) दिएको थियो ।

प्रकाशित: ७ आश्विन २०७३ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App