१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विष्फोटको त्रासबाट निस्किँदै नानीहरू

काठमाडौं- आफ्नो विद्यालयमा बम विस्फोटको घटनाले आत्तिएका साना नानीहरू अहिले पठनपाठनमा रमाउन थालेका छन्। विस्फोटमा संलग्नहरू पक्राउ परेको खबर घरपरिवारबाट पाएसँगै उनीहरूको अनुहार उज्यालिएको छ।

असोज ४ गतेको विस्फोटलगत्तै आकाशदिप विद्यालयमा पुग्दा नानीहरू निकै आत्तिएका थिए। त्यस दिन विद्यालयको भित्तामा बमले पारेको भ्वाङ नियाल्दै गरेका उनीहरूको अनुहारमा त्रास देखिन्थ्यो। आइतबार सोही विद्यालयमा पुग्दा भने त्यहाँ उनीहरू सामान्य अवस्थामा पठनपाठन गरिरहेका थिए। भित्ताको भ्वाङ टालिएको छ, नानीहरू कक्षामा रमाइरहेका छन् ।

असोज ४ गते उपत्यकाका आधा दर्जनभन्दा बढी विद्यालयमा राखिएका बमले मानवीय क्षति नभए पनि अभिभावक, विद्यार्थी र सबै नेपालीको मन छियाछिया पारेको थियो। विद्यालयजस्तो शिक्षाको मन्दिरमा एकै दिन मच्चाइएको आतकंको सर्वत्र विरोध भयो। दोषी पक्राउ गर्न जनदबाब बढ्यो।

'उतिबेला तस्बिरमा देखिएकी  नानी यीनै हुन्,' नर्सरीमा अध्ययनरत प्रनिशा गिरीलाई देखाउँदै विद्यालयका इन्चार्ज सन्दर्भ केसीले भने, 'अहिले राम्रोसँग पढ्न थालेकी छन्।' बम विस्फोटको दिन आत्तिएका उनीहरूजस्तै अरु नानीहरू समयक्रमसँगै सामान्य भएको उनले सुनाए।

'विस्फोटमा संलग्न पक्राउ परेको उनीहरूले घरपरिवारबाट जानकारी पाएका रहेछन्,' उनले थपे, 'प्रहरीले विस्फोट गराउनेलाई समाएको खबरले उनीहरू खुसी छन्।' नानीहरूको मुहारबाट खुसी खोस्ने काम कसैले पनि गर्न नहुने उनले भने।

असोज ४ गते उपत्यकाका आधा दर्जनभन्दा बढी विद्यालयमा राखिएका बमले मानवीय क्षति नभए पनि अभिभावक, विद्यार्थी र सबै नेपालीको मन छियाछिया पारेको थियो। विद्यालयजस्तो शिक्षाको मन्दिरमा एकै दिन मच्चाइएको आतकंको सर्वत्र विरोध भयो। दोषी पक्राउ गर्न जनदबाब बढ्यो।

विद्यालयमा बम राख्ने संगठनका मुख्य योजनाकार माओवादी कम्युनिस्ट केन्›का महासचिव केशव दाहाल उर्फ प्रकाश र विद्यार्थी संगठनका मीन देवकोटा भनिने विनोद थापालाई एक महिनापछि कात्तिक ५ गते  प्रहरीले पक्राउ गरेसँगै   सर्वसाधारणले राहत महसुस गरेका छन्।

विद्यालयमा बम पड्केको खबर सुनेर आत्तिएकी भक्तपुर दक्षिणढोकाकी संतोषी लामाले दोषी समातेको खबरले खुसी मिलेको सुनाइन्। 'केही दिन त नानीहरू विद्यालय जान पनि डराएका थिए,' उनले भनिन्, 'हामीले बम पड्काउनेलाई पुलिसले समात्छ भनेपछि जान थाले।' प्रहरीले दोषी समातेको टेलिभिजन समाचार देखाएपछि कक्षा ४ मा पढ्ने छोरीको अनुहार हँसिलो भएको उनले सुनाइन्।

प्रकाशित: ८ कार्तिक २०७३ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App