१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रानीटार एयरपोर्ट निर्माण प्रक्रिया अघि बढ्दै

हवाई मैदानका लागि प्रस्ताव गरिएको रानीटारको स्याउँडाडा। तश्विरः गिरिराज बाँस्कोटा

पाँचथर– सस्तो मूल्यमा स्थानिय जग्गा उपलब्ध गराउन तयार भएपनि कामको गति नपाएको जिल्लाको रानीटारमा प्रस्तावित हवाई मैदानको वातावरणि प्रभाव मूल्याङ्क (इआइए) को प्रक्रिया सुरु भएको छ । सरकारी प्राथमिकतामा पर्न नसकेको रानीटारको स्याउडाँडाको हवाइमैदानका लागि चालु आर्थिक वर्षमा  नागरिक उड्न मन्त्रालयले इआइका लागि प्रक्रिया थाल्ने भएको हो ।

इआईए गर्नका लागि क्षेत्र निर्धारण तथा कार्यसुचि तयारी (टिओरस्कोपीङ) को काम अघि बढाउने तयारी भएको मन्त्रालयका इन्जिनियर नलविक्रम थापाले जानकारी दिए । परामर्शदता चयन भईसकेकोले केही दिनमै स्थलगत अध्ययनका आधारमा कार्यसुचि तयारको काम सुरु हुने थापाले जानकारी गराए। यो इआईए गर्नका लागि प्रारम्भिक प्रक्रिया हो। गर्नका लागि  टिओरस्कोपीङ तयार भएपछि वातावरण मन्त्रालयले इआइएका लागि अनुमति दिने छ । इआईए गर्दा के के विषयमा, कति र कहाँ अध्ययन गर्ने भन्ने टिओरस्कोपीङ मार्फत निर्धारण हुने गर्छन् । टिओरस्कोपीङ सकिएपछि इआइएको प्रक्रिया अघि बढ्ने छ ।

अहिले हवाई मैदानका लागि १७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । समयले भ्याएसम्म काम गरीले थापाले बताए । रानीटारमा हवाईमैदान बनाउनका लागि पर्याप्त सम्भावना देखिएका वातावरणि प्रभावको अध्ययन गर्ने प्रक्रिया अघि बढेको हो । जंगल, रुखविरुवा, जंगली जनावार, नजिकका खोला लगायतका विषयको अध्ययन इआइएमा हुन्छ । इआइए भएपछिमात्र विस्तृत अध्ययन हुन्छ ।

अब हवाईमैदानको कामले गति पाउने अपेक्षा राखिएको काठमाण्डौँमा वसेर हवाईमैदानको काम गरिरहेका टेकेन्द्र काम्बाङले बताए । वातावरण मन्त्रालयमा इआइएको प्रक्रिया पुरा गराउन निरन्तर दबाव पु¥याउनु पर्ने बताईन्छ ।

यसअघि रानीटारमा हवाइ मैदान गर्नका लागि नागरिक उड्न मन्त्रालयले अध्धन गरि सकेको छ । स्थानिय वासिपनि हवाईमैदानका लागि जग्गा सस्तो भाउँमा प्रतिरोपनी दश हजार रुपैयाँको दरले जग्गा दिन तयार भएका छन् । पच्चिस प्रतिशत जग्गा निशुल्क उपलब्ध गराउने पनि बताइएको छ । स्थानिय उत्सुक भएर यहाँ रहेका विद्यालय, गुम्बा लगायतका सरचना समेत स्तान्तरणको प्रक्रिया अघि बढाइएको स्थानिय हवाई मैदान निर्माण समतिका उपाध्यक्ष टक वहादुर गुरुङ बताउँछन् ।

रानीटारको ५ र ६ नम्बर वडाको संगमस्थल स्याँउ डाँडामा हवाई मैदान निर्माणका लागि अध्ययन भएको थियो  । प्राधिकरणले जिल्लाका पाँच स्थानमा गरेको प्रारम्भिक अध्ययनको क्रममा उक्त स्थान छनोट भएको थियो । हवाई मैदानको भौगोलिक अवस्था, रनअवाई आर्थिक अवस्था लगायतका विषयमा अध्ययन भएको थियो ।   

हवाई मैदानलाई आवश्यक पर्ने सो क्षेत्रको करिव ४ सय २५  रोपनी जग्गा स्थानिय जग्गा धनिले प्रदान गर्ने लिखित निर्णय यस अघिनै भएको छ । जग्गा केहि थप्नु पर्ने देखिएको बताइउको छ ।  हवाई मैदान निर्माणका लागि २०६७ सालमा मन्त्रालयले सम्भाव्यताको अध्ययन गरेको थियो । यहाँ जग्गा विक्रि वितरणमा रोक लगाइएको छ । यस अघिको अध्यनको क्रममा १६ करोड ५४ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको छ । ६ सय ७० मिटर रनवे,४० मिटरको चौडाईको आवश्यकता महसुस गरीएको थियो । विस्तृत अध्ययनमा यि विषयहरुमा पुनः अध्धयन हुने छ । राजनीतिक तथा सरकारी प्राथमिकतामा हवाईमैदान नपरेको स्थानियको गुनासो छ ।

 

प्रकाशित: २७ कार्तिक २०७३ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App