१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

मध्यपूर्व तनावको नेपाल बाछिटा

अक्टोबर ७, २०२३ को बिहानै इजरायल भूमिभित्र जबर्जस्त प्रवेश गरी प्यालेस्टिनी दक्षिणपन्थी समूह हमासद्वारा गरिएको आतंककारी हमलामा परेर इजरायलको किब्बुजमा कृषिविषय अध्ययन गरिरहेका दस जना निर्दोष नेपाली युवक मारिएको घटनाले नेपाली मन निकै कुँडियो। त्यसमा इजरायली र विदेशी नागरिक गरी करिब ११ सय ३९ जना मारिएका थिए। त्यसलगत्तै इजरायलका प्रधानमन्त्रीले युद्धको घोषणा गरेर हमासविरुद्ध आक्रमण सुरु गरे। 

आजपर्यन्त इजरायली सेना हमासको किल्ला तोड्न प्रयासरत छ। अक्टोबर ७ मा हमासले इजरायली भूभागबाट करिब २५३ जनालाई अपहरण गरी गाजापट्टितर्फ लगेका बन्दीमध्ये नेपाली नागरिक विपिन जोशी पनि छन् र उनको रिहाइबारे आजसम्म अन्योल कायमै छ। जब कि प्यालेस्टाइन इजरायल वैरभावलाई मत्थर पार्न संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालीको तटस्थ भूमिका दशकौंदेखि लेबनानको भूमिमा अनवरत छ भन्ने कुरा उसले मनन गरेन।

इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ। 

आजसम्म यो लडाइँका कारण प्यालेस्टाइनीतर्फ ३३ हजारले ज्यान गुमाएका छन् भने इजरायली सेनातर्फ पनि निकै क्षति पुगेको छ। यसबीच इजरायलतर्फ जेलमा रहेका प्यालेस्टाइनी कैदी र हमासले अपहरण गरेर लगेका बन्दीमध्ये केही संख्याको साटासाट पनि भयो। हमास भन्छ, बन्धकको अवस्थामा रहँदा केहीले मृत्युवरण पनि गरे, जसको दोष पनि उसले इजरायललाई नै लगाएको छ।

युद्धको असीमित घेरा  

इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ। एक त लामो समयसम्म लडाइँ गर्नुपर्दा इजरायललाई दुईतीनतर्फको दबाब झेल्नुपरेको छ–जसमा अन्तर्राष्ट्रिय जगत्मा निर्दोषको ज्यान गएको घटना र मानव अधिकार उल्लंघनको आरोप, हमासको बन्धनमा रहेका आफन्तलाई शीघ्र फिर्ता ल्याउने कार्यमा उसलाई प्राप्त हुन नसकेको सफलताको विरोधमा आफ्नो मुलुकभित्र नै उठेको जनआवाज, कष्टकर जनजीवन, इजरायली सेनालाई ‘सब कन्भेन्सनल अपरेसन’मा भोग्नुपरेको दिक्दारी र युद्ध खर्चलगायतका पर्छन्।

इजरायलका केही सहरमा उनले बारम्बार स्कड क्षेप्यास्त्र पनि प्रहार गरे, भलै ती न्युक्लियर, केमिकल नभई कन्भेनसनल मात्र ठहरिए । जहाँ खसे, त्यहीं मात्र सीमित क्षति गर्‍यो ।

हमासलाई इरानले सुरुदेखि नै सहयोग पुर्‍याउँदै आएको कुरा इजरायलले बुझेको छ। यसैले गाजा र राफाबाहेक इजरायलले लेबनान र सिरियासम्म आफ्नो निगरानी बढाएको हो। केही दिनअघि इजरायलले सिरियाको दमास्कसमा इरानी काउन्सिलरको कम्पाउन्डमा गरेको हवाई आक्रमणमा परी दुई ठुला कमान्डरको मृत्युलाई लिएर इरानले इजरायलमा ड्रोनद्वारा आक्रमण गरेपछि विश्वजगत् बढी सशंकित भयो। यसले हमास–इजरायलबीचको युद्धमा इजरायलविरुद्ध इरान पनि प्रत्यक्ष तानियो भने मध्यपूर्वको लडाइँले अर्कै रूप लिन सक्ने (विश्व युद्धको समेत भय) डर उत्पन्न गरायो।

सन् १९९० को सुरुमा इराकी राष्ट्रपति सद्दाम हुस्सेनको कुवेत कब्जा गर्ने दुस्साहस फलस्वरूप अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाविरुद्ध लड्नुपरेको थियो। त्यस समयमा सबैजसो अरब मुलुकलाई इजरायलविरुद्ध लाग्न र उनको पक्षमा ल्याउन ‘होली जिहाद’को आह्वान गरे, जुन निस्काम साबित भयो। इजरायलका केही सहरमा उनले बारम्बार स्कड क्षेप्यास्त्र पनि प्रहार गरे, भलै ती न्युक्लियर, केमिकल नभई कन्भेनसनल मात्र ठहरिए । जहाँ खसे, त्यहीं मात्र सीमित क्षति गर्‍यो ।

अमेरिकी प्रयासले गर्दा यस्तो उक्साहटमा पनि इजरायल संयम नै रह्यो र इजरायलविरुद्ध अरब मुलुकहरू तानिन सक्ने क्षेत्रीय लडाइँको संकट ट¥यो । हमास इजरायल युद्धमा इरान बढी नै आक्रामक शैलीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अघि बढ्यो भने इजरायल चुप लगेर बस्ने स्थितिमा हुँदैन किनभने इजरायल एक भिन्न प्रतिरक्षा नीति (अपरेसनल डक्ट्रिन)मा विश्वास राख्ने देश पनि हो । यद्यपि अमेरिकाले उसलाई यो गर्नबाट भने रोक्नेछ।

इरान इजरायल–हमासबीचको यो लडाइँलाई जटिल र बृहत् पार्न चाहन्छ ताकि इजरायल यी सबै कारणले झन् गलोस्। इरान यस युद्धमा तानिए हमासले भने राजनीतिक फाइदा उठाउन सक्ने देखिन्छ।

हमास रणनीतिमा फसेको इजरायल  

हमासले इजरायललाई कन्भेन्सनल लडाइँबाट होइन, अन कन्भेन्सनल अपरेसनले गलाउन सकिन्छ भन्ने कुरा बुझेको छ। पहिलो त लम्बिँदै गएकाले यो युद्धले इजरायल र प्यालेस्टाइनको सम्बन्धको दुरीलाई अब झन् बढाउन ऊ सफल भएको छ, दोस्रो हमासले प्यालेस्टिनी भूमिका लागि आफ्नो हक सिद्ध गर्न र आफ्नो अस्तित्वलाई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको छ। 

अरब मुलुकहरूसँग भर्खर सम्बन्ध सुधार्न सफल इजरायललाई सारा अरबले फेरि पनि पुरानै कित्तामा हेर्ने बनाइदिएको छ। इरान इजरायल–हमासबीचको यो लडाइँलाई जटिल र बृहत् पार्न चाहन्छ ताकि इजरायल यी सबै कारणले झन् गलोस्। इरान यस युद्धमा तानिए हमासले भने राजनीतिक फाइदा उठाउन सक्ने देखिन्छ।

एउटा अर्को महत्त्वपूर्ण विषय के हो भने आजको लडाइँको क्षेत्रसम्म सञ्चारकर्मीहरूको सिधै पहुँच हुने हुँदा केही कुरा पनि छिप्दैन, लुक्दैन। हिजोसम्म हातहतियारले लडाइँ गरिन्थ्यो भने अहिले इन्टरनेट सिग्नलले गर्दा टीभी सिरियलजस्तै लडाइँलाई प्रत्यक्ष देखिने बनाइदिएको छ। जसले लडाइँमा सम्मिलित दुवै पक्षका खातिर विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विचारहरूले स्थान लिन्छन्। त्यसैले पनि हमास मानव अधिकारको विषय अघि सारेर अब इजरायली सेनाको कारबाहीलाई बढी नै अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय भाष्य पूर्ण रूपले इजरायलको निन्दाले भरियोस्, प्यालेस्टिनीहरूका पक्षधर बढून् भन्ने चाहन्छ। इजरायलले जति आलोचना झेल्नु परे पनि यो कुरा साँचो हो कि ऊसँग अरू धेरै विकल्प पनि छैनन् हमासविरुद्धको सैनिक कारबाहीबाहेक।

जुन बेला इजरायलले हमाससँग भएका सबै बन्दीको रिहा गरेमा युद्धबिरामबारे सोच्न सकिने भनेको थियो, त्यो बेला हमास समूहले विचार पुर्‍याउनुपर्ने थियो। त्यो हुन नसक्दा आज यो युद्ध झन् विकराल हुन पुग्यो, कयौं मारिएका र घरबारविहीन भएका छन्, प्यालेस्टाइन राज्य तहसनहस हुँदैछ।

हमासको आक्रमणताका सुरुमा इजरायल पक्षमा धेरै राष्ट्र उभिएका थिए तर अहिले माथि उल्लिखित भाष्यका कारणले गर्दा प्यालेस्टाइन पक्षतिर पनि केही राष्ट्र लागिसकेका छन्। धेरैले यस युद्धले अब बहुध्रुवीय रूप नलियोस् भन्ने चाहना राखेका छन्। विशेषगरी जब दुई देशबीचको आपसी मतभेदले लामो युद्धको रूप लिन्छ, त्यसबेला शान्तिको उपाय सुझाउन झन् झन् जटिल परिस्थिति बन्न पुग्ने निश्चित हुन्छ।

त्यसैले भनिन्छ– युद्धको रणनीति (स्ट्राटेजी) भन्दा ग्रान्डस्ट्राटेजी बढी महत्त्वपूर्ण हुन्छ र द्वन्द्वको अवस्थामा पछि के ? भन्ने प्रश्न अहम् हुन्छ। यस युद्धको चपेटामा आम निर्दोष जनता समेतले गम्भीर मानवीय संकट व्यहोर्नुपरेको छ। जुन बेला इजरायलले हमाससँग भएका सबै बन्दीको रिहा गरेमा युद्धबिरामबारे सोच्न सकिने भनेको थियो, त्यो बेला हमास समूहले विचार पुर्‍याउनुपर्ने थियो। त्यो हुन नसक्दा आज यो युद्ध झन् विकराल हुन पुग्यो, कयौं मारिएका र घरबारविहीन भएका छन्, प्यालेस्टाइन राज्य तहसनहस हुँदैछ।

हमासलाई सिरियाको भूमिभित्रबाट र यमनबाट पनि परोक्ष सहयोग भएको देखिन्छ। आजसम्म आइरन डोमको प्रयोगबाट इजरायली नागरिक सुरक्षित रहेको मानिन्थ्यो तर भर्खरै इरानले गरेको ड्रोन हमलाका कारण एक इजरायली बालिकाको मृत्युको घटनाले के देखायो भने लामो दुरीको क्षेप्यास्त्रविरुद्ध इजरायल अझ बढी सतर्क हुन जरुरी छ।

इजरायल–हमास युद्धमा इरानको प्रोक्सी भूमिका भएको घामजत्तिकै छर्लंग थियो र छ किनकि अक्टोबर ७ अघि र पछि हमासलाई उसको सहयोग देखिएकै हो। लेबनानको भूमिबाट हिज्बुल्लाहले इजरायलतर्फ थुप्रै रकेटहरू प्रहार गरिरहेकै छन् र हिजबुल्लाहलाई इरानको आर्थिक, मौलिक, सामरिक अटुट सहयोग प्राप्त छ भनिन्छ। 

रकेटको संख्या हेर्दा यति धेरै रकेट अरू कसैले आपूर्ति नगरेसम्म यो सम्भव थिएन। हमासलाई सिरियाको भूमिभित्रबाट र यमनबाट पनि परोक्ष सहयोग भएको देखिन्छ। आजसम्म आइरन डोमको प्रयोगबाट इजरायली नागरिक सुरक्षित रहेको मानिन्थ्यो तर भर्खरै इरानले गरेको ड्रोन हमलाका कारण एक इजरायली बालिकाको मृत्युको घटनाले के देखायो भने लामो दुरीको क्षेप्यास्त्रविरुद्ध इजरायल अझ बढी सतर्क हुन जरुरी छ।

विगतमा पनि इजरायलका वर्तमान प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले इरानले आफ्नो न्युक्लियर सेन्टर फ्युज तयार गरेका कारण देखाई त्यसलाई बेलैमा आक्रमण गरी ध्वस्त बनाउनुपर्ने विचार अमेरिकी राष्ट्रपति बाराक ओबामासमक्ष राखेका थिए। तर ओबामाले स्वीकार गरेनन्। 

आज इरान–इजरायललाई कसैले उक्साइरहेको त छैन ? भनी प्रश्न पनि गरिन्छ ताकि हमासको इजरायल विरुद्धको लडाइँमा अरब राष्ट्रहरूसम्मिलित हुन आऊन्। त्यसो हो भने के हमासलाई सहयोग गर्न अरब राष्ट्रहरू एक होलान् त ? यहाँनेर फेरि अक्टोबर ७ को त्यो आततायी हमला गर्न हमासलाई के कारण पर्‍यो भन्ने प्रश्न उब्जिन्छ। त्यसबेला हमासले देखाएको दुई कारणहरू–अल अक्सा मस्कको अपमान र पूर्वी जेरुसेल र गाजामाथि इजरायली कब्जा। यी कुरा अघि सारेर हमास अरब मुलुकहरूको सहानुभूति बटुल्न चाहन्छ तर सबै यसमा विश्वास भने गर्दैनन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायल बढी उत्तेजित भएर इरानमाथि आक्रमण गर्न तत्पर नहोस् र आफू त्यसमा सहयोगी पनि नबन्ने स्पष्ट पारेका छन्। विगतमा पनि इजरायलका वर्तमान प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले इरानले आफ्नो न्युक्लियर सेन्टर फ्युज तयार गरेका कारण देखाई त्यसलाई बेलैमा आक्रमण गरी ध्वस्त बनाउनुपर्ने विचार अमेरिकी राष्ट्रपति बाराक ओबामासमक्ष राखेका थिए। तर ओबामाले स्वीकार गरेनन्। अमेरिकी सरकार संयुक्त व्यापक कार्ययोजना र परमाणु अप्रसार सन्धिमार्फत इरानलाई परमाणु हतियारमा सीमित राख्न चाहन्छ।

नेपाललाई यी अरब मुलुकहरूबाट फिर्ता हुन सक्ने बेरोजगार जमात स्वदेश फर्केपछि विष्फोटक स्वरूप हुन सक्ने हुँदा यसको व्यवस्थापन गर्न सरकारलाई निकै कठिन हुने देखिन्छ। 

मध्यपूर्व तनाव र नेपाल  

हामीले कोभिड–१९ महामारीसँगै २०२२ फेब्रुअरीदेखि रुस–युक्रेन युद्धको बाछिटा भोगिरहेका छौं। हाम्रो अर्थतन्त्र खस्किएको छ। सहरभरि जताततै सटर खाली देखिन्छन्। सबैको मुखबाट मन्दी सुनिन्छ। रोजगारी र राम्रो शिक्षाको खोजीमा विदेश पलायन हुने युवाहरूको संख्या ह्वात्तै बढेको छ। देशभित्र कुनै व्यवसाय फस्टाउन सकेका छैनन्। अस्थिर मध्यपूर्वले विश्व सप्लाई चेनमा ठुलो असर पार्नेछ।

हमासका कारणले गर्दा मध्यपूर्वमा युद्धले दिन प्रतिदिन गाजेको देखिन्छ। यदि मध्यपूर्वको युद्ध अन्य क्षेत्रमा विस्तार भयो भने मध्यपूर्व असुरक्षित भई हाम्रो वैदेशिक श्रम रोजगारको कार्यक्षेत्र र सम्भावना घट्न सक्छ। धेरै अरब मुलुकबाट कामदारहरू फर्किने छन्। जसरी इजरायलमा पुगेर श्रम गर्नेले आफ्नो परिवारलाई केही आर्थिक राहत पुर्‍याएका थिए, उनीहरू पनि वञ्चित हुनेछन्।

नेपाललाई यी अरब मुलुकहरूबाट फिर्ता हुन सक्ने बेरोजगार जमात स्वदेश फर्केपछि विष्फोटक स्वरूप हुन सक्ने हुँदा यसको व्यवस्थापन गर्न सरकारलाई निकै कठिन हुने देखिन्छ। यो राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशील विषय हो। राम्रो भयो, यो घटना तत्काललाई टरेको छ किनकि इरानको अर्को प्रतिशोध अनिश्चित बनेको छ। 

यसबाहेक रुस–युक्रेन युद्ध, उत्तर कोरियाको सामरिक उन्माद, चीन–भारत सीमा विवाद, हिन्द–प्रशान्त महासागर क्षेत्रको सामरिक प्रतिस्पर्धा हाम्रा शान्ति तथा विकासका अड्चन नै हु। संयुक्त राष्ट्रसंघलगायत विश्वका धेरै शक्तिराष्ट्रहरू मध्यपूर्व क्षेत्रमा चिरशान्ति स्थापना राख्न चाहन्छन्।

यद्यपि, गाजामा युद्धविराम र शान्ति कायम नभएसम्म यो खतरा त्यसै टरेर जानेछैन। अमेरिकी सरकार, युरोपियन युनियन, चीनलगायतका अन्य धेरै मुलुकले इरान र इजरायलबीचको तनावले उत्पन्न हुन सक्ने भयाभय असुरक्षाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। धेरै देशका सरकारप्रमुखले इरानबाट हमासलाई भएको समर्थनको निन्दा गरेका छन्।

सन् १९१४ जुन २८ मा साराएभोमा

राजकुमार फर्डिनान्दर उनकी पत्नीको हत्या भएपछि पहिलो विश्वयुद्ध सुरु भयो। हिटलरले १ सेप्टेम्बर १९३९ मा पोल्यान्डमा आक्रमण गरेपछि धेरै देशहरू दोस्रो विश्व युद्धमा तानिएका हुन्। मध्यपूर्व विगत १९४९ देखि नै अस्थिर छ। विभिन्न समयमा इजरायल र प्यालेस्टाइन राज्यको अनेक निहुँ र बहानामा सधैं तनाव ब्यहोरिरहेको क्षेत्र हो मध्यपूर्व। 

यसबाहेक रुस–युक्रेन युद्ध, उत्तर कोरियाको सामरिक उन्माद, चीन–भारत सीमा विवाद, हिन्द–प्रशान्त महासागर क्षेत्रको सामरिक प्रतिस्पर्धा हाम्रा शान्ति तथा विकासका अड्चन नै हु। संयुक्त राष्ट्रसंघलगायत विश्वका धेरै शक्तिराष्ट्रहरू मध्यपूर्व क्षेत्रमा चिरशान्ति स्थापना राख्न चाहन्छन्। इजरायल र प्यालेस्टाइनका आपसी बेमेलले विक्षिप्त हुन पुगेको सुरक्षा, मानव अधिकार, आर्थिक, राजनीतिक, सामाजिक अस्तव्यस्ततामा आतंककारी हिंस्रक गतिविधिसमेत थपिनु विश्व शान्तिका लागि दुर्भाग्य हो। आखिर ‘युद्धबाट मृत्यु निश्चित छ’ भन्ने कुरा कसले कहिले मनन गर्लान् ? युद्धरत दुवै पक्षले अब कूटनीति अगाल्नुपर्छ। आशा गरौं, शान्तिदूत बुद्धको सन्देश त्यो क्षेत्रका युद्धरत पक्षसम्म छिटै पुगोस्।    

–शर्मा नेपाली सेनाका पूर्व सहायक रथी हुन्।

प्रकाशित: ६ वैशाख २०८१ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App