२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

बालबालिका बुझ्ने बेला

तपाईं छोराछोरीले भनेका कति कुरा मान्नुहुन्छ ? अनि तपाईंले भनेका कुरा उनीहरू कति मान्छन् ? यस विषयमा सोच्नुभएको छ ? आजकल छोराछोरीका माग खानेलगाउने कुरा र खेलकुदका सामग्री ग्याजेटहरूमा हुने गर्छ। आमाबुबा पनि आफ्ना सन्तानलाई अभाव महसुस नगराउने उपायहरू खोजिरहनुभएको हुन्छ।

बाल्यकालमा सिकेका कुराहरू बालबालिकाका मस्तिष्कमा अमिट रूपमा बसेका हुन्छन्। उनीहरूले अनुभव गरेका, देखेका र भोगेका घटना अनि परिवेश नै बालबालिकाका सोच र चिन्तनका आधार पनि हुन्। बालबालिका कस्तो परिवेशमा हुर्किए, कस्तो भाषाको प्रयोग गर्न सिके र सामाजिक मूल्य मान्यतालाई कुन दृष्टिकोणले हेर्न थाले भन्ने कुराले उनीहरूको भावी व्यक्तित्व निर्धारण हुने गर्दछ।

 त्यसो त भौतिक सम्पन्नतामा विश्वास गर्ने प्रवृत्ति बढ्दै जाँदा बालबालिकालाई भौतिक कुरा पुर्‍याइदिएपछि अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने गरेको पनि देखिन्छ।

पछिल्लो समय बालबालिकाका आधारभूत आवश्यकता पूरा गर्ने दिशामा अभिभावकको ठुलो योगदान र सचेतना देखिन्छ। अझ भनौं, बालबालिकालाई भौतिक अभाव नहोस् भनेर आमाबाबुले उनीहरूका आवश्यकता पूर्ति गर्न यथेष्ट प्रयास गरेको पाइन्छ।

एकल पारिवारिक संरचना, अभिभावकको व्यस्तता र सहरीकरणको प्रभावका कारण बालबालिकामा अभिभावकले गर्ने माया भनेकै उनीहरूको आवश्यकता पूरा गरिदिने यान्त्रिक विधान मात्र हो भन्ने भ्रम पनि पर्ने गरेको देखिन्छ।

यसले गर्दा परिवारबाट खास रूपमा बालबालिकाले पाउनुपर्ने माया, सम्बन्धन वा अपनत्व र घनिष्ठतामा कमी पनि महसुस हुँँदै छ। त्यसो त भौतिक सम्पन्नतामा विश्वास गर्ने प्रवृत्ति बढ्दै जाँदा बालबालिकालाई भौतिक कुरा पुर्‍याइदिएपछि अभिभावकले पनि आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने गरेको पनि देखिन्छ।

अर्थोपार्जनका लागि गरिने क्रियाकलाप तथा वैदेशिक रोजगारीका कारण घरघरमा शङ्काको वातावरण बढ्दै गएको छ। यसले पारिवारिक सम्बन्धभित्रै इतर व्यक्तिको प्रविष्टि हुने गरेको छ। जसको परिणाम स्वरूप पारिवारिक विचलन, सम्बन्धविच्छेद, पारिवारिक र अन्य हिंसात्मक घटना तथा मनोसामाजिक अस्तव्यस्तता बढ्दै गएको छ। 

पछिल्लो समय चर्चामा आएका बालबिज्याइँ र बालआत्महत्याका प्रतिनिधि घटनाहरूको अध्ययन गर्दा पारिवारिक द्वन्द्व र बालबालिकाले प्राप्त गर्न नसकेको वात्सल्य प्रेम दुर्घटनाको प्रमुख कारण देखिन्छ।

पारिवारिक विग्रह बढेको परिवारमा सचेत अभिभावक परिवारको प्रभाव बालबालिकामा नपरोस् भनेर उनीहरूलाई आफूभन्दा टाढा राख्ने वा अरूको जिम्मा लगाउने गरेको पनि देखिन्छ। यसले पारिवारिक द्वन्द्व र बेमेलको कालो छायाबाट बालबालिका एक हदसम्म सुरक्षित पनि हुन्छन् तर उनीहरूको सर्वाङ्गीण विकास, विशेषतः मनोसामाजिक विकासमा नकारात्मक असर पर्दछ।

पछिल्लो समय चर्चामा आएका बालबिज्याइँ र बालआत्महत्याका प्रतिनिधि घटनाहरूको अध्ययन गर्दा पारिवारिक द्वन्द्व र बालबालिकाले प्राप्त गर्न नसकेको वात्सल्य प्रेम दुर्घटनाको प्रमुख कारण देखिन्छ।

बालबालिकाले क्षणिक रूपमा भौतिक वस्तुलाई महत्त्व दिएको देखिए पनि उनीहरूले आफूले माग गरेअनुसारको वस्तु पाउँदा हुने खुसी भन्दा अभिभावकले आफ्ना आवश्यकता पूर्ति नगरिदिँदा देखा परेको खिन्नताबाट धेरै कुरा सिक्न सक्छन्। आधारभूत आवश्यकता पूरा भएको खण्डमा अन्य आवश्यकता पूरा नहुँदा नहुँदै पनि अभिभावकबाट पर्याप्त समय प्राप्त गर्ने, आफ्ना कुराहरू सुनाउन पाउने र कहिलेकाहीँ ठाकठुक र मनमुटावका कुराहरू पनि हुने हो भने बालबालिकामा संवेदनालाई व्यवस्थापन गर्ने सिप विकास हुन्छ।

उपयुक्त किसिमले बालबालिकालाई हुर्काउन नसकेका अभिभावक आफ्ना बच्चालाई केही कुरा भन्नुपर्‍यो भने आफूले भनेको थाहा नहुने गरी शिक्षकले भनिदेओस् भन्ने अपेक्षा राख्दछन्। आफूले भन्नुपर्ने कुरा शिक्षकलाई भन्न लगाउने वातावरण आएपछि पारिवारिक घनिष्टता र सम्बन्धका बारेमा अरू के नै भन्नुपर्ला र ?

पछिल्लो समय बालबालिका अभिभावकका कमजोरी पत्ता लगाएर एक किसिमको ब्ल्याकमेलिङमा समेत संलग्न हुने गरेका छन्। केही रेकर्डमा आएका घटनालाई हेर्ने हो भने बालबालिकाले मरिदिन्छु र घरबाट भाग्छु भन्दै घुर्की लगाएर आफ्ना माग पूरा गराउने गरेका पनि छन्।

उपयुक्त किसिमले बालबालिकालाई हुर्काउन नसकेका अभिभावक आफ्ना बच्चालाई केही कुरा भन्नुपर्‍यो भने आफूले भनेको थाहा नहुने गरी शिक्षकले भनिदेओस् भन्ने अपेक्षा राख्दछन्। आफूले भन्नुपर्ने कुरा शिक्षकलाई भन्न लगाउने वातावरण आएपछि पारिवारिक घनिष्टता र सम्बन्धका बारेमा अरू के नै भन्नुपर्ला र ?

घरमा झैझगडा भइरहने र पारिवारिक विग्रहले समस्या सिर्जना गरिरहेको अवस्थामा बच्चालाई आफूबाट टाढा राख्दा वा भौतिक वस्तुले सम्पन्न बनाउँदा उनीहरूको भविष्य राम्रो हुनसक्ने अपेक्षा गर्ने अभिभावकको सङ्ख्या पनि ठुलै देखिन्छ। अभिभावकबाट टाढा बसेर बच्चाले वास्तविक खुसी महसुस गर्न पाएका हुँदैनन्। आर्थिक रूपमा सम्पन्न हुँदाहुँदै पनि आमाबुबाका बिचमा देखिएको विग्रहको नकारात्मक प्रभावका बारेमा उनीहरूले सोचिरहेका हुन्छन्।

यतिखेर उनीहरूले आफ्ना साथीलाई विश्वास गर्न थाल्दछन्। पारिवारिक हिंसामा परेका बालबालिकाले त सभ्य व्यक्तिलाई भन्दा कुनै न कुनै रूपमा विचलित भएको व्यक्तिलाई आदर्श पात्रका रूपमा स्वीकार गर्छन्। 

अहिलेका बालबालिका ९–१० वर्षकै उमेरमा अभिभावक के कारणले वैवाहिक भन्दा इतरसम्बन्धमा रहेका हुन् भन्ने कुरालाई अथ्र्याउन सक्छन्। उनीहरू आमाबुबाको स्वार्थीपना र लालसाका कारणले यी कुराहरू भएका हुन् भनी बुझ्छन् र आमाबुबालाई अविश्वास गर्दै दोषी प्रमाणित गर्छन्।

यसले उनीहरूभित्र विकसित हुनुपर्ने अन्तरक्रिया, सहयोग, सम्मान, माया र प्रेमको भावमा कुठाराघात गर्दछ। यी संवेदनाहरूको व्यवस्थित र सन्तुलित विकास हुन नपाउँदा बालबालिका एकलकाटे, आक्रामक र असामान्य बन्न थाल्छन्। उनीहरूले आमाबुबाबाट आफू परित्यक्त भएको अनुभव गरेपछि अचेतन मनबाटै आफूलाई माया गर्ने व्यक्तिको खोजी गरिरहेका हुन्छन्।

आमाबाबाले उचित समय र वातावरण दिन नसकेको अवस्थामा बालबालिकालाई उनीहरूको अनुकूल वातावरण अरू कसैबाट सिर्जना गरिन्छ भन्ने कुराको अपेक्षा गर्न सकिँदैन।

अभिभावकबाटै धोका खाएका बेलामा बालबालिकाहरू आफूभन्दा ठुला व्यक्तिलाई अविश्वास गर्ने, आज्ञाकारी नबन्ने र उनीहरूले भनेको कुरालाई अवज्ञा गर्ने प्रवृत्ति देखाउँछन्। जसका कारण घर छोडेर हिँड्ने, विद्यालय वा आफू बसेको ठाउँबाट भाग्ने, झैझगडा गर्ने, नियम उल्लङ्घन गर्न खोजिरहने प्रवृत्ति देखाउँछन्। 

आर्थिक र सामाजिक दबाबका कारण अभिभावकलाई जति तनाव हुन्छ, ससाना घटनाले बालबालिकालाई त्यसभन्दा पनि बढी तनाव सिर्जना भएको हुनसक्छ। यस्तो अवस्थामा अभिभावकले बालबालिकाबाट उच्च महत्वाकाङ्क्षा राखी उनीहरूलाई दिएको सुविधा र आफूले व्यतीत गरेको बाल्यकालको तुलना गर्ने, आफ्ना दुखका कथा सुनाउने, अरू बालबालिकासँग तुलना गर्ने गरेको पनि पाइन्छ।

यतिखेर उनीहरूले आफ्ना साथीलाई विश्वास गर्न थाल्दछन्। पारिवारिक हिंसामा परेका बालबालिकाले त सभ्य व्यक्तिलाई भन्दा कुनै न कुनै रूपमा विचलित भएको व्यक्तिलाई आदर्श पात्रका रूपमा स्वीकार गर्छन्। जसले गर्दा उनीहरू लागु औषध दुव्र्यसनलगायतका कुलतमा आकर्षित हुन्छन्। विद्यालय तहमै भेप, चुरोट र नसालु पदार्थको सेवन गर्ने समूह निर्माण गर्ने र समूहका बिचमा झगडा गर्ने क्रियाकलापका पछाडि पारिवारिक उपेक्षाले भूमिका खेलेको हुन्छ।

अभिभावकले बालबालिकालाई समय नदिने, उनीहरूका कुरा नसुन्ने, आफूले गरेको लगानीको उच्च प्रतिफल खोज्दै बालबालिकामा महत्त्वाकाङ्क्षा राख्ने प्रवृत्तिले बालबालिका तनावपूर्ण अवस्थामा रहेका हुन्छन्।

बच्चालाई त के तनाव हुन्छ र भन्ने सोच भएका अभिभावकको सङ्ख्या ठुलै छ। आर्थिक र सामाजिक दबाबका कारण अभिभावकलाई जति तनाव हुन्छ, ससाना घटनाले बालबालिकालाई त्यसभन्दा पनि बढी तनाव सिर्जना भएको हुनसक्छ। यस्तो अवस्थामा अभिभावकले बालबालिकाबाट उच्च महत्वाकाङ्क्षा राखी उनीहरूलाई दिएको सुविधा र आफूले व्यतीत गरेको बाल्यकालको तुलना गर्ने, आफ्ना दुखका कथा सुनाउने, अरू बालबालिकासँग तुलना गर्ने गरेको पनि पाइन्छ।

घरायसी काममा संलग्न गराउने, बढीभन्दा बढी अन्तरक्रियात्मक क्रियाकलापमा संलग्न हुने तथा सामाजिक मूल्य मान्यता र घरायसी प्रचलनलाई महत्त्व दिने प्रवृत्ति विकास गरे बालबालिकाले आत्मसम्मान प्राप्त गर्नुका साथै अभिभावकबाट माया र सम्बन्धन प्राप्त गरेको महसुस गर्दछन्।

अहिलेका केटाकेटी बिग्रेकै हुन् भनेर व्यवहार गर्ने प्रवृत्ति भएका परिवारका बालबालिका १३ देखि २०–२२ वर्षको उमेरमा पुनस्र्थापना केन्द्रमा छ्यापछ्याप्ती भेटिन्छन्। अझ यस बिचमा आमाबाबुको अनैतिक र असामाजिक सम्बन्धको बोध भयो भने सामान्यतया १० वर्षमाथिका बच्चाले आत्मपीडक र परपीडक प्रवृत्तिसमेत देखाउन थाल्छन्। केही बालबालिकालाई आमाबाबुको सम्बन्ध वा सम्बन्धविच्छेदका कारण उनीहरूको खुसीको बाधक म रहेछु भन्ने सोचले समेत चिन्तित गराएको पाइएको छ।

आफूलाई नै दोषी देख्ने प्रवृत्ति विकास हुँदै जाँदा बालबालिकामा गम्भीर किसिमको उदासीनता विकास भएका घटनाहरू प्रशस्त छन्। यी सब घटनाहरूको विस्फोटका रूपमा बालबालिकाको व्यक्तित्व विचलन र आत्महत्यासम्मका घटनाहरू जोडिएका छन्। यसैले अभिभावकले धेरै दुःख गरेर बालबालिकालाई भौतिक रूपमा सम्पन्न राख्नु नै उनीहरूको भविष्य निर्माणको आधार पटक्कै होइन। बालबालिकालाई दुःखको अनुभव नै गर्न नदिएर सुखैसुखमा राख्न खोज्नु अभिभावकको भ्रम मात्र हो।

आफू उपेक्षित छु भन्ने भावले आक्रान्त बच्चाबाट जतिखेर पनि दुर्घटना निम्तिन सक्ने भएकाले आमअभिभावक पारिवारिक सद्भाव र स्नेहको वातावरण सिर्जना गर्न तत्पर हुनैपर्ने अवस्था छ।

घरायसी काममा संलग्न गराउने, बढीभन्दा बढी अन्तरक्रियात्मक क्रियाकलापमा संलग्न हुने तथा सामाजिक मूल्य मान्यता र घरायसी प्रचलनलाई महत्त्व दिने प्रवृत्ति विकास गरे बालबालिकाले आत्मसम्मान प्राप्त गर्नुका साथै अभिभावकबाट माया र सम्बन्धन प्राप्त गरेको महसुस गर्दछन्। यसले उनीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँछ।

बालबालिकालाई सुविधा दिएपछि आफ्नो दायित्व पूरा भएको ठान्ने अभिभावक आफ्ना बच्चाको संवेगात्मक विकासका लागि सचेत नहुँदा बच्चा उपेक्षित जीवन व्यतीत गर्न विवश छन्।

पछिल्लो समय बढ्दै गएको बाल आत्महत्याका घटनामा यिनै तत्त्वहरूले भूमिका खेलेको देखिन्छ। बाध्यता वा दुर्घटनाका कारण अप्ठ्यारोमा परेका बालबालिकामा केही गर्छु भन्ने सकारात्मक सोचले उत्प्रेरणा प्रदान गरेको देखिए पनि परिवारबाट सबै सुविधा प्राप्त गरेका तर पारिवारिक ममता नपाएका बालबालिका चरम उपेक्षाभावले ग्रसित पाइन्छन्।

आफू उपेक्षित छु भन्ने भावले आक्रान्त बच्चाबाट जतिखेर पनि दुर्घटना निम्तिन सक्ने भएकाले आमअभिभावक पारिवारिक सद्भाव र स्नेहको वातावरण सिर्जना गर्न तत्पर हुनैपर्ने अवस्था छ।

प्रकाशित: १२ वैशाख २०८१ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App