६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

प्रधानमन्त्रीको हालत

पटक-पटकको असफलतापछि प्रवेशिका उत्तीर्ण तन्नेरी कहाँ र कुन विषय पढ्ने भनेर अलमलिन्छ। प्रधानमन्त्री माधव नेपालको हालत अहिले त्यही युवकको जस्तो छ। उता कक्षा नौसम्म प्रथम हुँदैआएको किशोर प्रवेशिका परीक्षामा अनुत्तीर्ण हुँदाको क्षणमा जसरी आहत देखिन्छ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको हालत दुरुस्त त्यस्तै छ। कतै हर्ष छ कतै विस्मात्। कहिलेकाहीँ अनियन्त्रित हर्षले परपीडक बन्न उत्तेजित गराउनसक्छ। अनि कहिलेकाहीँ असम्भार विस्मात्ले अतिवादतर्फ धकेल्नसक्छ। यी दुवै प्रवृत्ति जनताको शान्तिको सपना व्यवहारमा अनुवाद गर्न भने प्रतिकूल हुनेछन्।

एउटा कित्तामा सरकारको खाली ठाउँ भर्न भ्याइनभ्याइ छ। अर्को कित्तामा प्रतिपक्षीय रंगमाचमा गर्ने भूमिकाको पटकथा लेख्न भ्याइनभ्याइ छ। सत्ता पक्षको प्राथमिकता माओवादीको सहभागिताबिनाको सरकार पनि कर्मण्य हुनसक्छ भनेर प्रमाणित गर्नु हुनेछ। प्रतिपक्षको चेष्टा आफ्नो अपवर्जनबाट बनेको सरकार निकम्मा र निष्फल प्रमाणित गर्नु हुनेछ। यसले मुठभेडको स्थिति सिर्जना गर्ने निश्चित छ। नागरिक सर्वोच्चता कायम गर्न भनेर सत्ताको भर् याङ उक्लिएको पक्ष र नागरिक सर्वोच्चताको रक्षाका निम्ति भन्दै सत्ताको भर् याङ ओर्लिएको दाबी गर्दै सडकमा आइपुगेको पक्षबीच यो मुठभेडमा नागरिक हित रक्षाका निम्ति क्रियाशील भनिएको नागरिक समाजसमेत यो वा त्यो पक्षमा विभाजित हुँदा दलहरुबीच बढ्दै गएको वैषम्य ´न् चर्किँदै जानेछ। यस्तो अवस्था जति लम्बिन्छ शान्ति प्रक्रियालाई सुरक्षित अवतरण गराउने कार्यमा त्यति नै जटिलताहरु थपिँदै जानेछन्।

हिजो दुवै पक्षमा एक अर्काप्रति विश्वास थियो। यहाँ विश्वासको अर्थ हिजोको सम्बन्ध सहमतिपूर्ण थियो भन्ने होइन। यहाँ विश्वासको अर्थ अर्को पक्षको नियतमाथि भरोसा थियो भन्ने हो। तर आज सरकारी पक्षले सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेको घोषणा गरिरहँदा प्रतिपक्ष राष्ट्रव्यापी आन्दोलनको कार्यव्रुम सार्वजनिक गरिरहेको थियो। यी घोषणाहरुबीच शान्ति र प्रगतिको आय र न्यायको अभिलाषा बोकेर बसिरहेको एउटा निस्पृह नागरिक आफूलाई ´न्´न् निफर र शक्तिविहीन महसुस गर्न थालेको छ। नेपालमा सकारात्मक परिवर्तन हुन्छ भन्ने विश्वास पूरै डगमगाएको छ। राष्ट्रिय आत्मविश्वास स्खलित छ। बाह्र बुँदे सम´दारीले राष्ट्रिय आत्मविश्वासलाई जागृत गरायो। वैशाख ८ गते राजासँग सहकार्य गर्न आदेश दिने विदेशी प्रभुहरुलाई आफ्ना प्रतिनिधिले लोप्पा खुवाइदिँदा यो राष्ट्रिय आत्मविश्वास उत्कर्षमा पुग्यो। अनेकौँ अप्ठ्यारा आए पनि नेपाली समाजको बुनोटअनुरुप संविधानसभा गठन हुँदा परिवर्तनको सपना देख्न या प्रतिज्ञा गर्नमात्र होइन परिवर्तन गर्नसक्ने दक्षता हामीसँगै छ भन्ने आत्मविश्वासलाई स्थिरत्व प्राप्त भयो। तर यसपछि जनताले बनाएका नायकहरु एकपछि अर्को खलनायकका रुपमा प्रकट हुँदा अनि आपुना प्रतिनिधि आफैँले दिएको वचन र आश्वासनबाट विमुख हुँदै जाँदा यो राष्ट्रिय आत्मविश्वासमा उत्पन्न संकट उत्कर्षमा पुगेको छ। तर दुर्भाग्य दलहरु आपुनो मल्लयुद्धमा नेपालको समग्र परिवर्तनका निम्ति अनिवार्य शर्तको रुपमा रहेको राष्ट्रिय आत्मविश्वासमा आएको संकटलाई देखिरहेका छैनन् वा नदेखेको अभिनय गर्दैछन्।

आखिर यो अवस्थाको निम्ति जिम्मेवार को हो यो जसलाई सोधे पनि हरेक पक्ष तयार छ उत्तेजना पोख्न भावुकताको बर्षा गर्न क्रोध उराल्न वा हठाग्रहको खोलो बगाउन। तर्क युक्ति तथ्य र जिम्मेवारी पछ्याउन छाडेपछि राजनीति लहड सनक र दम्भबाट वशीभूत हुन्छ। अनि यो आग्रह अहंकार पाखण्ड र दोषारोपणको पछिपछि दगुर्छ। अहिले भइरहेको यही हो।

हाम्रो मुख्य राजनीतिक कार्यभार शान्ति प्रक्रियालाई युक्तिसंगत निष्कर्षमा पुर् याउनु नै हो। अतः प्रत्येक अवसरमा कुनै पनि पक्षले लिने अडान र राख्ने आग्रह निर्वाह गर्ने भूमिका मुख्य राजनीतिक कार्यभारसँग संगतिपूर्ण छ वा छैन भनेर नै परीक्षण गर्नु जरुरी छ।

नयाँ सरकार गठन कांग्रेस¬एमाले गठबन्धनको योजनाबद्ध प्रयत्नबाट भएको होइन। शान्ति प्रक्रियाको गाडीलाई गन्तव्यमा पुर् याउने सारथीको भूमिकाबाट माओवादी विचलित भएकाले नयाँ सरकारनिम्ति मोर्चाबन्दीको आवश्यकता भएको तर्क यो गठबन्धनको छ। नयाँ गठबन्धनको सत्तारोहण औचित्य त्यतिखेर पुष्टि हुनेछ जब आम नागरिक शान्ति प्रक्रियाको सफलताप्रति फेरि निश्चिन्त हुन सक्नेछन्। तर सरकार गठनको क्रममा प्रत्येक दलमा देखिएको दरिद्रताले नयाँ गठबन्धनप्रति नागरिकको पंक्ति आश्वस्त हुन सकिरहेको छैन। आफ्नै घर सम्हाल्न नसक्नेले घर छाडेर सडकको पेटीतिर भौतारिइरहेको माओवादीलाई कान पक्रेर घर फर्काउन सक्छ भनेर विश्वास कसरी गर्ने कांग्रेस¬एमाले गठबन्धनसँगको अपेक्षा आलोचना वा आत्मसमर्पण होइन। यो गठबन्धनको परीक्षण हुने आधार भनेको दाहिने र देव्रे कुनाबाट शान्ति प्रक्रियामाथि लगाइएको गिद्दे दृष्टिबाट जोगाउँदै कसरी यसले अगाडि बढाउँछ भन्ने हुनुपर्छ।


नागरिक सर्वोच्चता रक्षाका निम्ति नै सत्ता परित्याग गरेर सडक रोजेको माओवादीको तर्क छ। शान्ति प्रक्रियालाई भंग गर्ने उद्धेश्यका निम्ति दक्षिणको छिमेकको उत्प्रेरणा र दक्षिणपन्थीको उक्साहटमा नै कांग्रेस¬एमाले गठबन्धनले घेराबन्दी गरेको उसको कथन छ। माओवादीको यस्तो दाबीलाई पत्याउने आधार अब उसको वचन होइन व्यवहार हो। नागरिक सर्वोच्चताको संघर्षलाई सफल बनाउने भन्दै माओवादीले फरक मत राख्नेहरुलाई थाकथलो छोड्ने उर्दी जारी गर्दा नागरिक पंक्तिमा प्रश्न उठ्नु स्वभाविक हो¬ माओवादीका निम्ति नागरिकको परिभाषा के हो संविधानसभाबाट नयाँ संविधान लेख्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउन आफूमात्र प्रतिबद्ध भएको माओवादीको दाबी छ। एकातर्फ नेपाली कांग्रेसलाई प्रधान शत्रु भनेर लेख्न सुरु गरिएको सूचीमा सेनापति राष्ट्रपति हुँदै सभामुखसम्मको नाम थप्न भ्याइनभ्याइ। अर्कातर्फ कांग्रेस र एमालेको घर¬कार्यालय भत्काउन संविधानसभाका सदस्यलाई खटनपटन गराउन नेतृत्वलाई भ्याइनभ्याइ। यस्तो देख्दा संविधानसभाले आपुनो कार्यसम्पादन गर्न अन्य दलहरुसँग निषेधात्मक सम्बन्धबाट होइन सहयोगात्मक सम्बन्धबाट मात्र संभव छ भनेर राम्ररी बुझेको नागरिकले माओवादीको दाबी कसरी पत्याउला माओवादीको मूल्यांकन र परीक्षण सडकमा ऊ कति जोडले चिच्याउन सक्छ वा सडकमा ऊ कति थरीका ब्यानर बोकेर आउँछ भनेर होइन शान्ति प्रक्रियाको सफलतामा उसको व्यवहार सहयोगी बन्छ कि बन्दैन भन्ने आधारमा नै गर्नुपर्छ।


बाह्र बुँदे सम´दारीदेखि यहाँसम्मको यात्रा न सुखकर थियो न त निस्फिक्री। अनेकौँ अप्ठ्यारा भए पनि यहाँसम्मको यात्रा सम्भव हुनुमा धेरै कारणमध्ये असहमति भए पनि शान्ति प्रक्रियाको गन्तव्यतर्फको यात्रा नछाड्ने सम´दारी यसका निम्ति आधारभूत नियमहरुलाई प्रत्येक पक्षले सम्मान गर्ने सम´दारी मुख्य थिए। अनि यस्तो सम´दारीका निम्ति प्रेरणा दिने धेरै आधारमध्ये मुख्य थियो - गन्तव्यसम्म पुग्दै गर्दा आकार जत्रो होला अस्तित्व रहिरहन्छ भन्ने बोध।

यो सत्यलाई अब स्वीकार्नैपर्छ हाम्रो यात्रा अड्किएकै ठाउँबाट गन्तव्यतर्फ फेरि अघि बढ्न नयाँ समझदारीको आवश्यकता छ। यस्तो सम´दारी जसले फेरि एकपटक गन्तव्यमा पुग्दै गर्दा आकार जत्रो होला अस्तित्व रहिरहन्छ भन्ने बोध गराओस्। आवेग र आक्रोशलाई पन्छाउँदै हर्ष र विस्मात्को भुमरीबाट बाहिर निस्केर शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर् याउने राजनीतिक कार्यभार पूरा गर्न आ¬आपुनो ऐतिहासिक भूमिका निर्वाह गर्नु नै सबै पक्षको कर्तव्य हो। यसैमा सबैको जय छ। यसैमा नेपाल र नेपालीहरुको जय छ। यसैमा गणतन्त्र नेपालको दीर्घ जीवन संभव छ।

प्रकाशित: ३ असार २०६६ २१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App