१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

कोरोनाले दिएको शिक्षा

सरकार ! जनता, लकडाउनको पूर्णतःपालना गरेर घरभित्रै मौन छन्, तर तिमी मौन रहेर हुँदैन । रोजगारी गुमेपछि आफ्नै घर फर्किन लागेका मजदुरको अवस्था तिमीले देखेका छौ कि छैनौ ? सामाजिक सञ्जालभरि छ्याप्छ्याप्ती मजदुरको बिजोग अवस्थाले सारा जनताको मन चसक्क घोचेको छ । मानवीय संवेदना जागृत भएर आएको छ ।हामीलाई घरभित्र राखेपछि सडकका जनताको जिम्मासरकारले नै लिनुपर्ने होइन र ? पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका नागरिक घर छाडेर बाहिरिनाको कारण नै मजदुरीको बाध्यता रहेछ । त्यतिमात्र होइन,रोजगारीकालागि देशबाहिरै जाने नेपालीको संख्या पनि धेरै छ । कोभिड–१९ को प्रभावले देखापरेका सबै समस्याको प्रमुख कारण हाम्रो कमजोर अर्थतन्त्र, कृषिजन्य उद्योग,कलकारखानाको अभाव, विकास बजेटको सही सदुपयोग नहुनु र राजनेताको स्वार्थीपन र दूरदर्शिता अभाव नै हुन् । 

दसकबीच एउटा यस्तो समय आउँछ, जसले सारा चेतना जगत्लाई नै पुनस्र्मृति र पुनरवलोकनमा जान बाध्य बनाउँछ ।यसभन्दा अगाडि पनि यस्ता धेरै महामारी र हलचल आए यो अस्तित्वमा। कोरोनाकहरले निम्त्याएको यो संकटका बेला व्यक्तिगत, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा र रोजगारीलगायत पक्षलाई वर्तमान तथा भविष्यमा कसरी सबल र व्यावहारिक बनाउने भन्नेबारे आजैबाट नसोच्ने हो भने अझ धेरै प्रतिकूलतासँग सामनागर्नुपर्ने अनुमानगर्न सकिन्छ । 

त्यसैले यो विपद्को समयलाई भविष्य निर्माणका लागि अवसरका रूपमालिएर सरकार अगाडि बढेन भने दूरगामी सोचको अभाव मान्नुपर्ने हुन्छ । अबको सोच आर्थिक उन्नति हुनुपर्छ । तर त्यसकालागि केहीआयाम आत्मसात्गर्दै केन्द्रित हुन सक्यो भने सरकारकालागि कोरोनाकहर र लकडाउन उपलब्धिमूलक बन्न सक्नेछ । 

जति नै भौतिक सम्पन्नता, बैंक ब्यालेन्स भएपनि आखिर कृषिजन्य वस्तु र किसानबिना जीवन निर्वाह सम्भव रहेनछ भन्ने ज्ञान यतिबेला हामी सबैलाई प्राप्त भएको छ ।

इमान्दारिता: वास्तवमै रूपान्तरण चाहने हो भने राजनीतिक तथा प्रशासनिक नेतृत्व पंक्तिमा इमान्दारिता हुनु पहिलो आवश्यकता हो । इमान्दारिता बिना विकास कल्पना गर्न सकिन्न। कोरोनाकहरकैबीच पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरिएको खबरले जनताले हदैसम्मको अमानवीय व्यवहार महसुस गर्नुप-यो । 

राहतकानाममा कुहिएका, सडेका खाद्यान्न÷खानेकुरा निरीह जनतालाई बाँडेको देख्नु÷सुन्नुप-यो । बाटामा अलपत्र सर्वसाधारण÷मजदुरलाई जनता र सञ्चारमाध्यमले आवाज उठाएपछि मात्र सरकारले उद्धार गर्न थाल्यो । यस्तो बेलापनि सहयोग र सेवा भएनन्भने यो समयले पनि केही रूपान्तरण गर्न नसकेको पुष्टि हुनेछ । नागरिक समाज, स्वास्थ्य क्षेत्र र सञ्चारक्षेत्रले निरन्तर खबरदारी गरेर जनता र राष्ट्रको सुरक्षा र विकासमा सघाउन आवश्यक छ । 

आर्थिक स्रोतको पहिचान र व्यवस्थापन: यो समयमापनि आर्थिक स्रोत पहिचान र व्यवस्थापनमा सरकार चुक्यो भने ठूलो मूल्यचुकाउनु पर्ने हुन्छ ।  स्थानीयतहमा उपलब्ध स्रोत, साधनको उपयोग गरी रोजगारी प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा तत्काल योजना बन्नुपर्ने देखिन्छ । कोरोना कहरकाकारण छिमेकी भारतल गायतविभिन्न म्लुकमा वैदेशिक रोजगारीकालागि गएका नेपाली फर्केर आएका छन्। यो स्थिति साम्य भएपछि विदेशको रोजगारी गुमाई स्वदेश फर्किने नेपालीको संख्या अरू बढ्ने अनुमानगर्न सकिन्छ । 

अबको समय होटल व्यवसाय, पर्यटन, यातायात लगायतक्षेत्रमा रोजगारी अझ घट्ने सम्भावना छ । यसलाई परिपूर्ति गर्न वैकल्पिक उपाय खोजी गरी रोजगारी सिर्जनागर्न ढिलागर्नु हुन्न । मजदुरको अभावमा हाम्रो वार्षिक विकासका काम समयमा सम्पन्नन हुने र विनियोजित विकास बजेट १५ प्रतिशतपनिखर्च नहुने समस्या हरेक वर्ष हुने गरेको छ ।यसर्थ अबत्यस्ताविकास निर्माण क्षेत्रमास्वदेश फर्केका नेपालीलाई कामदिन जरुरी छ । जसबाट स्वदेशमै रोजगारी सिर्जनाभई धेरै हदसम्म बेरोजगारी अन्त्य हुनेछ । यस विषयमा सरकार प्रतिबद्ध हुनआवश्यक छ । 

कृषि उत्पादन र उद्योगमा जोड: लकडाउनमा सबैभन्दा खोजिएको, आवश्यकता महसुस गरिएको र अभाव हुने हो किभनेर चिन्ता गरिएको वस्तु नै कृषिजन्य उत्पादन हो । दैनिक उपभोग्यका वस्तु बिना हामी कसरी सहजता साथ घरभित्र बस्न सक्छौं र !बिहान उठेदेखि बेलुका सुत्नु अगाडि सम्म भान्छामा हामीलाई कृषि उत्पादनले साथ दिइरहेका छन् । जतिनै भौतिक सम्पन्नता,बैंक ब्यालेन्स भएपनिआखिर कृषिजन्य वस्तु र किसान बिना जीवन निर्वाह सम्भव रहेनछ भन्ने ज्ञान यतिबेला हामी सबैलाई प्राप्त भएको छ । 

नेपालमा कृषि पेसा लाई अपहेलित दृष्टिले हेरिन्छ । गरिबीको संज्ञा दिइन्छ । गाउँबाट सहर पसेर उच्च शिक्षा लिएका, जागिरे, उद्यमी, व्यवसायी बनेकालाई आफू किसानको सन्तान हुँ भन्न लाज लाग्छ । कृषि उत्पादन खाएरै हामी हुर्किएका हौं भनेर स्वीकार गर्न कठिन हुन्छ । हाम्रो आधार कृषिहो, नेपाल कृषि प्रधानदेश भन्ने गरिए पनिअहिले कूलगार्हस्थ्यउत्पादनको २७प्रतिशत हिस्सामात्रहाम्रो कृषिउत्पादनले धानेको छ । बाँकी कृषिजन्य वस्तु आयातगर्नुपर्ने अवस्थाछ । तथ्यांकमाकृषि क्षेत्रमा६५ प्रतिशतजनता संलग्न छन् भनिएपनियसको महत्वलाई प्राथमिकतामा राखिएको पाइँदैन ।

त्यसैले होला–विकास बजेटमा पनि कृषि क्षेत्रकालागि ५ प्रतिशतपनि बजेट विनियोजनगर्ने गरिएको छैन । यसर्थ अबको क्रान्ति कृषिक्रान्तिहुनुपर्ने देखिएको छ । सहरमा बस्नेले पनिकौसीखेती, करेसाबारीकोउपयोग गरेर तथागमलामै भएपनि कृषिउत्पादनमाजोड दिनुपर्ने अवस्थाआएको छ । यस्तै गाउँका खेतबारी बाँझो नराखीत्यसलाई शतप्रतिशत कृषिउत्पादनमालगाउन जरुरी छ । रेमिट्यान्सले धानेको देश भन्नेमान्यताअब परिवर्तन हुनेछ । स्वदेश फर्केर नआउनेले पनिअबपहिलेकै मात्रामारोजगारी र आम्दानीप्राप्तगर्नेछन् भन्ने निश्चित छैन ।किनकिरोजगारीकालागि नेपालीजुन–जुन देशमापुगेका छन्, ती–ती राष्ट्रको अवस्थापनिकोरोनाकाकारण अब केही समय सुध्रिने छैन । त्यसैले अब रेमिट्यान्स घट्ने पनिनिश्चित छ ।

स्वदेश फर्केकालाई रोजगारी सिर्जनागर्ने उपयुक्तमाध्यमभनेको परिस्थिति र अवस्था हेरी सस्तो ब्याजदरमा कृषि ऋण वाअनुदानउपलब्ध गराई कृषिउत्पादनमाप्रोत्साहनगर्नु हो । यसो गरियो भने सस्तो उत्पादन, स्वस्थखानाप्राप्तहुनाका साथै रोजगारी वृद्धि भई देशको आर्थिक स्तरसमेत माथि उठ्नेछ । 

शिक्षा, स्वास्थ्य क्षेत्रमाविशेष ध्यान ःअहिलेहामी संकटको अवस्थामा छौं, त्यसैले आधारभूतआवश्यकतामामात्र सीमितहुनबाध्य छौं । तरभोलिअवस्था सामान्यभई लकडाउन हटेपछिपुनःविद्यालयखुल्नेछन्, अस्पताल सञ्चालनहुनेछन् ।अहिलेसम्मको अनुभव र अभ्यासअनुसार निजी क्षेत्रकाविद्यालयतथास्वास्थ्य संस्थाले नागरिकलाईसेवाभन्दापनिआम्दानीको स्रोत बनाउने गरेका छन् । 

यसर्थअबकादिनमा यस क्षेत्रलाई कसरी सहज, सबैको पहुँचमापुग्ने, सस्तो र व्यावहारिक बनाउनेभनेर ध्यानदिनुपर्ने आवश्यकता छ । यो विश्वव्यापीमहामारीबाट उम्कन सफल भएपछि पनिराज्यबाट पाउने सेवा, सुविधा र सुरक्षा हरेक तह र तप्काकानागरिकले समानरूपमापाउने अवस्थाबनाएनौं भनेफेरि पनिहामीले के पाठ सिक्यौं र हामीमाके रूपान्तरण आयो प्रश्न टड्कारो बन्नेछन् । त्यस्तो पछुताउनुपर्ने अवस्थाननआओस् । अहिले सरकारलाई अवसर र चुनौतीदुवै छ । 

प्रकाशित: १९ वैशाख २०७७ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App