१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

विश्व परिवर्तनको दोसाँधमा

कोरोना भाइरसले संसारमा अनेक प्रकारले प्रभाव पारेको छ। त्यसमध्ये एउटा हो– पूर्व र पश्चिमी जीवन पद्धतिमा पाइने भित्रता। हुन त यस रोगले न पूर्वका मानिसलाई छाड्यो न पश्चिमी मुलुकका मानिसलाई। दुवैमा हानि पु-यायो। तर मानसिकरूपमा जति पश्चिमी मुलुकका मानिस आतंकित भएका देखिन्छन् उति सारो पूर्वका बासिन्दा देखिँदैनन्। पहिले हामी छुट्याउँ कि कुन मुलुक पश्चिमी हो र कुन पूर्वेली ?

पश्चिमी संसार भन्दा खासगरी उत्तर र दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिलैन्ड आउँछन्। पूर्वेली मुलुक भन्दा एसिया, अफ्रिका र मध्यपूर्वको भूभाग आउँछ। यी सबै मुलुकमा या भनौँ मानव समाजमा एउटा कुरा समान पाइन्छ। त्यो हो– धर्मको आधारमा जीवनशैली। यो हिसाबले हेर्दा मानव समाजमा जति धर्म निस्केका छन् ती सबै संसारको पूर्वेली भागमा मात्र स्थापित गरिएका हुन्। किनभने यहुदीहरूको धर्म, क्रिस्चियानिटी, इस्लाम जोे अहिले पश्चिमी देशहरूमा फैलिएका छन् ती सबै मध्यपूर्वको जेरुसैलममा प्रतिपादन गरिएका हुन्। पूर्वीय संसारका देशहरूमा हिन्दु, बौद्ध, जैन, ताव र सिन्टो धर्म फैलिएका छन्। तिनीहरू प्रायः भारत, चीन र जापानमा प्रतिपादित भएका हुन्।  

हुन त आजको संसारका जुन कुनामा पनि सबै धर्मावलम्बी पाइन्छन् तर धेरै देश भूगोल र धर्मको आधारमा छुट्टिन्छन्। संख्यात्मक हिसाबले विश्वमा सबभन्दा धेरै याने करिब दुई अरबभन्दा बढी क्रिस्चियन छन्। त्यसपछि इस्लाम धर्मावलम्बी आउँछन् जो एक अरबको हाराहारीमा छन्। तेस्रो नम्बरमा हिन्दु देखिन्छन् जो ९० करोड जति छन्। बौद्ध धर्मावलम्बी करिब ४० करोड जति भएको अनुमान छ। कुनै पनि धर्म नमात्रेको संख्या एक अरबभन्दा धेरै भएको अनुमान लगाइएको छ।  

धर्मलाई नै राज्यको धर्म मात्रे देश पनि छन्। त्यसमा सबभन्दा धेरै इस्लाम राज्य छन्। यस्ता राज्य २७ वटा छन् भने तीनवटा देशले सो धर्मलाई प्रोत्साहन दिने गर्छन्। क्रिस्चियन राज्यहरू १३ वटा छन् भने सो धर्मका हिमायती राज्य २८ वटा छन्। बौद्ध राज्य खालि दुईटा देखिएका छन् तर ४ वटा राज्यमा यसलाई प्रोत्साहन दिइन्छ। यहुदी राज्य एउटामात्र पाइन्छ। आजको विश्वमा हिन्दु राज्य एउटा पनि छैन।

संसारलाई पूर्वेली र पश्चिमेली भागमा बाँडिए पनि ती देशको जीवनशैली धर्ममा नै आधारित भएको पाइन्छ। यस दृष्टिबाट हेर्दा पश्चिमी मुलुकहरू क्रिस्चियन धर्मबाट निर्देशित भएका छन् भने पूर्वेली मुलुकहरू हिन्दु, मुस्लिम, बौद्ध, जैन, ताव र सिन्टो धर्मले निर्देशित गरिएको बाटोमा हिँडेका पाइन्छन्। धर्मको नाउँमा सबभन्दा गम्भीर समस्या मध्यपूर्वमा विद्यमान छ। यहुदी धर्म र जिउज जातिले बसोबास गरेको इजरायलको स्थापना भएको ७० वर्ष भइसक्यो तर त्यसको समस्या सुल्झिएको छैन। संसारको सबभन्दा पेचिलो र डरलाग्दो समस्याका रूपमा यो रहेको छ।  

अर्को उल्झिएको समस्या भनेको काश्मीरको हो। तर त्यो समस्यालाई समाधान गर्न भारत सरकारले ठोस कदम उठाएको छ। काश्मीरको समस्या समाधान गर्न सफल भए पनि हिन्दु—मुस्लिम दंगा र झगडा हुने देश भारतमात्र हो। अरू मुलुकमा यस प्रकारको झैझगडा भएको सुनिँदैन। यी दुवै समस्या पूर्वेली संसारमा पर्छन्।

नयाँ शक्ति र हतियारको बलबाट पश्चिमी मुलुकहरूले संसारमा राज गर्ने, आर्थिक शोषण गर्ने र संसारको मालिक बत्रे कार्य गरे।

सरसर्ती हेर्दा पश्चिमेली मानिस प्रायः उदार सोचाइ र व्यवहारका पाइन्छन्। तुलनात्मकरूपमा पूर्वेली मानिस परम्परावादी पाइन्छन्। उनीहरूको लवाइ, खवाइ, विवाह, व्रतबन्ध आदि कुरा परम्परागत भएको पाइन्छ। उनीहरूले आफ्ना सामाजिक चलन, सांस्कृतिक चाडपर्व जहाँ गए पनि मनाउने गर्छन्। यस मानेमा उनीहरूलाई अनुदार भत्रे पनि गरिन्छ।  

राजनीतिक क्षेत्रमा भने पश्चिमी विचारधाराले सबै मुलुकलाई प्रभाव पारेको छ। दोस्रो विश्व युद्धपछि संसारका धेरै देश स्वतन्त्र भए तर ती देशले पश्चिमेली राजनीतिक व्यवस्था अपनाए। यस धारमा टड्कारो देखिएको प्रजातान्त्रिक लहर हो जो पश्चिमी देशहरूबाट पूर्वीय देशहरूमा फैलिएको पाइन्छ।

यसका साथसाथै संसारको सबै भागमा विज्ञानको ठूलो छाप देखियो। वैज्ञानिक विकास र यान्त्रिकीकरण पश्चिमी मुुलुकहरूमा सुरु भयो र फस्टायो। यो नयाँ शक्ति र हतियारको बलबाट पश्चिमी मुलुकहरूले संसारमा राज गर्ने, आर्थिक शोषण गर्ने र संसारको मालिक बत्रे कार्य गरे। कालान्तरमा पूर्वेली मुलुकहरू स्वतन्त्र हुन थाले र पश्चिमी विकास र वैज्ञानिकताको बाटोमा हिँड्न थाले। आर्थिक होडबाजीमा प्राकृतिक संरक्षण, परम्परागत दर्शन, सांस्कृतिक आनिबानी आदि सबै बिर्सँदै गए। विज्ञानको विकासले मानिसलाई अगाडि बढायो। तर यसले मानिसलाई भौतिक विकासमा मात्र निर्देशित ग¥यो। पैसाको महत्व बढ्दै गयो। यसैमा सबैको ध्यान केन्द्रित भयो।  

जुन मुलुक यो बाटोमा हिँडेर सफल भयो त्यसको चारैतिर प्रशंसा हुन थाल्यो। जापान एउटा पूर्वेली राष्ट्र भए पनि आर्थिक प्रगतिमा विशेष सफल भयो। यसको चारैतिर गुणगान पनि भयो। त्यसपछि एसियाका साना÷ठूला मुलुक यसलाई पछ्याउन थाले। दक्षिण कोरिया, सिंगापुर, मलेसिया, चीन जस्ता देश यसैको पछि लागे। एक किसिमले सफल पनि भए।  

चीन संसारको महाशक्तिशाली देशमा नै गनियो। एउटैमात्र महाशक्तिशाली देश भएको अमेरिका पनि चीनको प्रगति देखेर तर्सियो। चीनले अमेरिकामा ठूलो रकम लगानी गरेको छ। चीनले अमेरिकी सरकारलाई दुई हजार अरब डलरको ऋण दिएको छ। चीनले अमेरिकालाई आर्थिक क्षेत्रमा नै पछि पार्न लागेकाले अमेरिकाले चीनसितको व्यापारमा ठूलो तल–माथि गर्न थाल्यो तर त्यसले पनि चीनलाई थला पार्न सकेन।  

कोरोनाले एउटा टड्कारो के देखाइदियो भने आखिर पश्चिमी मुलुकहरूको जीवनशैली, प्रकृतिमाथि विजय पाउने चाहना र गर्व अनि आर्थिक विकासको असीमित गति टिकाउ रहेनछ। कोरोनाले आज धेरै महादेशलाई गलाएको छ। विज्ञानको सहाराबाटै यसबाट मुक्ति पाउने आशा पश्चिमी संसारले गरेको छ। तर पूर्वीय मानिस भने यो महामारीमा कुनै अदृश्य शक्तिको पनि भूमिका रहेको विश्वास गर्छन्। आखिर पृथ्वी मानिसका लागि मात्र बनेको होइन रहेछ भनेर ठात्र लागेका छन्। यही धारणालाई पश्चिमी देशहरूले पनि स्वीकार गरिदिए विश्वको धारणामा ठूलो परिवर्तन आउने थियो। कोरोनाले गर्दा यही दोसाँधमा आज विश्व उभिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App