६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

लोकतान्त्रिक नेतृत्वको खाँचो

विश्व राजनीतिका युगपुरुष नेल्सन मण्डेलाले कुनैवेला भनेका थिए, 'मेरा जीवनभर अफ्रिकी जनताको संघर्षमा समर्पित गरेको छु। मैले गोराहरुको प्रभुत्वको विरुद्धमा लडेको छु। मैले यस्तो लोकतान्त्रिक र स्वतन्त्र समाजको आर्दश साँचिरेहेको छु जहाँ सबै व्यक्तिहरु सद्भावका साथ र समान अवसरका साथ रहन सकुन।' लोकतन्त्र, विधिको शासन र जातिय सद्भावको लागि मण्डेलाल गरेको वलिदान यतिवेला नेपाली राजनीतिले खोजिरहेको छ। जनताले बुझेको लोकतन्त्र व्यक्तिको मौलिक स्वतन्त्र सुरक्षित हुन्छ भन्ने हो। वास्तवमा लोकतन्त्र स्वतन्त्र सामाजिक न्याय विधिको शासन, विचार र सिद्धान्तको एक समिष्ट रूप हो। लोकतान्त्रिक राज्य विधिको शासन, मानवअधिकार लगायतका विषयवस्तुमा प्रतिवद्ध हुनै पर्दछ।

जनताको सार्वभौमिकता जनअनुमोदित शासन राजनैतिक पार्टी वा जनताको सहमतिमा आधारित सरकार, मानवअधिकारको ग्यारेन्टी, निष्पक्ष निर्वाचन, समानता, वहुलवाद, सहिष्णुता र व्यवहारिकताका साथै सहमति सहकार्य र राष्ट्रिय एकता लोकतन्त्रका मूलभूत मान्यताहरु हुन्। तर, राजनीतिक पार्टीहरुभित्र देखिएको असमझदारी, असहिष्णुता र अस्वस्थ्य प्रतिस्पर्धाले जनताको वलिदानद्वारा निर्मित लोकतान्त्रिक मुल्य मान्यता कमजोर बन्न पुगेको छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भनेर वकालत गर्ने तर व्यवहारमा केही नगर्ने प्रवृति रहदासम्म लोकतान्त्रिक मर्म स्थापित हुनै सक्दैन। लोकतन्त्र अवसर र चुनौती दुवै हो। राजनैतिक नेताहरु मिलेर अगाडी बढेमा जनताले व्यक्तिगत स्वतन्त्रता विधिको शासन आर्थिक अवसर र सामाजिक न्यायको आकांक्षा पुरा गर्न सक्छन्। त्यही नै लोकतन्त्रको अवसर हो। त्यस्तै लोकतान्त्रिक मुल्य मान्यता अनुसार मुलुक अगाडी बढ्न नसके देश असफलता तर्फ अगाडी बढ्न सक्छ, नेताहरु पनि विफल हुन सक्दछन्।

यतिबेला नेपाली राजनीतिमा मण्डेला जस्तै वहुआयामिक, शालिन र परिस्थिती बुझेको लोकतान्त्रिक नेतृत्वको खाँचो छ जसले विमतीलाई सुल्झाएर सहमती निर्माण गर्न सकोस्। यसको लागि नेतृत्वको सवलता र शालिनताको खाँचो छ। मुलुकलाई जटिल संक्रमणको अवस्थाबाट सहज निकास दिन नेतृत्वले पार्टीमुखी नभइ जनतामुखी कार्यशैली अपनाउनैपर्छ। विगतका सहमति वचनवद्धता र प्रतिवद्धताप्रति नेतृत्व गम्भिर बन्नैपर्छ। नेतृत्वको जिम्मेवारी रमिते बन्ने होइन, समस्याको निकास खोज्ने हो। शान्ति, संविधान, राष्ट्रिय स्वाभीमान र एकताको नारा फलाक्ने तर शान्ति सम्झौता विपरितका अराजनीतिक क्रियाकलाप गरीराख्ने हो भने शान्ति, संविधान र लोकतन्त्रको गीत गाउनुको कुनै अर्थ रहदैन। यो यर्थाथता र वास्तविकतालाई बुझेर एक आपसमा सहमती निर्माण गर्ने अभियानमा नेताहरु जिम्मेवार नभएको भान परेको छ। केवल अमूर्त एजेण्डा लिएर 'मेरो गोरुको वाह्रै टक्का' भन्ने दम्भबाट अगाडी बढिरहेका छन्।

राजनीतिक दलका नेताहरू आपसी खिचातानी र आरोप-प्रत्यारोपमा मात्र केन्द्रित छन्। जनताको हृदय छुने काम एउटै गर्न सकेका छैनन्। त्यसैले त त्रिशुलीको किनारमा १२ घण्टा गिट्टी कुटेर पनि दुई छाक खान नपुग्ने श्रमिकको अवस्था उस्तै छ। कर्णालीका जनता १ दिन हिडेर सदरमुकाम धाउँदा समेत नुन र चामल पाउँदैनन्। किसानहरु उत्पादित वस्तु बजार पुर्यामउन नसकेर सडकमा मिल्काउन बाध्य छन्। महिलाहरु दिन दहाडै बलात्कृत भएका छन्। हत्या, हिंसा, अपहरण, लुटपात, अशान्ति, असुरक्षा र अस्थिरताबाट जनता पिल्सिएका छन्। के लोकतान्त्रिक प्रतिफल यहि हो? अब के भनेर जनासँग भोट माग्ने नेताहरुले?

राष्ट्र गम्भिर दुर्घटना तर्फ अगाडी बढिरहेको छ। अविश्वास र धोकाले देश मुठभेडतीर लम्किरहेको छ। जनताको आक्रोसको ज्वाला यति धेरै दन्किएको छ कि कति बेला ज्वालामुखी बनी विस्फोट हुने हो ग्यारेन्टी छैन। यो सम्वेदनशिल परिस्थितीमा जनता चुनावमा प्रयोग गर्ने हतियार र मतदाता मात्र हुन् भन्ने भ्रमबाट नेताहरू मुक्त हुन जरूरी छ। किनकी जनता आफै लोकतन्त्रका मूलभूत मान्यता बुझ्न सक्ने भएक्ा छन्। अनि नेताहरूको गतिविधी मुल्याङकन गर्न सक्ने भइसकेका छन्।

प्रकाशित: १४ माघ २०६९ २२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App