२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

दक्षिणपन्थ एउटा मात्रै रोग हुँदैन्

अहिले हामी वामआवरणको  दक्षिणपन्थी सरकार र सरकारी पार्टी भोगिरहेका छौँ। रूप परिणाममा भोग्दैछौँ। नेपालमा हावाहुरी, मनसुन सबै दक्षिणबाट उत्तरतिर बहन्छन्, ठोक्किन्छन्। उत्तरबाट  भने हिमालयले छेकिदिन्छ। उत्तर त सदाबहार हिमनदीका मुहान हुन्। हिमालय शृखंलाबाट आउने स्वच्छजलले हाम्रा प्यास मात्रै बुझाउँदैनन् धरतीका प्यास बुझाउँदै जीवन पनि बन्दिछन्।  ज्ञानी र इच्छाशक्ति दृढमानवलाई हिमाल पनि होचो हुन्थ्यो। उत्तरबाट सीमितजन आउने/जाने गरे पनि देशदुनियाँसँगको सम्पर्क भने दक्षिणबाटै हुन्थ्यो। ज्ञान, सूचना, नवीन अभ्यास र क्रान्तिकारी चेत दक्षिणबाटै हामीले धेरै लियौँ,पायौँ।

यस भूपरिवेष्ठित मुलुकमा नराम्रा मात्रै हैन, धेरैराम्रा कुरा पनि दक्षिणीबाटो भित्रिए। बंगालका खाडीबाट उठेको मेघ मनसुनबन्दै जलवृष्टि भएर धरती ब्याउँछ।  नत्र हामी मरुभूमि बन्थ्यौँ। तर ठूला रुखको सेपको बालीनालीको अवस्था सदाकाल भोग्दै पनि छौँ। दुई ठूला देशका सुन्दर प्राकृतिक उपहार, यो सामरिक महत्वको संवेदनशील भूगोल। जो जति सुन्दर र संवेदनशील हुन्छ, त्यसमाथि शक्तिका आँखालेत्यत्तिकै सिकारीनजर लाग्दारेछन्। बफादार बुख्याँचा उभ्याएर म्यानेजर बनाएर उसैबाट हितसाधना हुँदोरहेछ। रूपमा देखिएका चट्टानी अडान ढिस्कोझैँ फिसिक्क। दैनिकी जीवन, मिडियामा प्रभाव, नेपाली राजनीतिको  माइक्रो मेनेजमेन्टमा क्षेत्रीय महाशक्ति भारतकै सबभन्दा ठूलो चासो, चिन्ता यहाँ रह्यो।

हुन त अमेरिकामा रिपब्लकन र डेमोक्रेट नामक दुईपार्टी छन् तर प्रख्यात चिन्तक नोमचोम्स्कीका अनुसार त्यहाँ एउटै पार्टीले शासन गर्छ, त्यो भनेको कर्पोरेट हो।

आश र त्रासमा अल्झँदा हाम्रा राजनीति कसरी मूलविषय ओझल परे, बहस बनेनन्, आन्दोलन बनेन् र सत्ताका छिनाझप्टी  चलिरहे ? त्यो अब छयाँगछयांग्ती, ह्वागंहवांग्ती भयो। नारा छोड्न अर्को सशक्त नाराको आवश्यकता हुन्छ। विचारबाट आवेगमा ल्याउन भय सिर्जना गर्नु, घृणा या शंकाका पासा फ्याँक्ने गरिन्छ । भिड बनाएर सहजै मनुवा पछाडि लगाउन सकिन्छ र मूलमुद्दाबाट जनमत भड्काउन सकिन्छ भन्ने उग्रदक्षिणपन्थको विश्वव्यापी मान्यता हो।मानव इतिहास यसरी बढेको भने छैन।  हाम्रो सामाजिक भाइब्रेट बढाउने भनेकै मनले हो। ऊ मस्तिष्कको नजिकरहेर आदेश भन्दा आवेगबाट सञ्चालित हुन्छ। कुरूप सुन्दरता देखेपछि प्रतिरोधका आवाज पनि मन्दमन्द बढिरहेका पनि छन्।  

भारतमा फैलँदो किसान आन्दोलन र बौद्धिक उत्पीडन  
विश्वकै सबभन्दा ठूलो सडक आन्दोलन अहिले भारतीय किसान आन्दोलन बनेर राजधानी दिल्लीमा उभारमा छ । लाखौँ किसान सडकमा छन्। सरकारले कयाैं थलो निषेधाज्ञा जारीगर्दै धारा १सय ४४ लगायो। त्यसविरुद्ध आन्दोलनरत किसान संगठनले पनि धारा २ सय ८८ (दोब्बर) लगाएर आफ्नो क्याम्प वरिपरि प्रहरी प्रशासन र सरकारी मान्छे प्रवेश निषेध गरे। ४ महिनाका लागी सातुसामल बोकेर दिल्लीकुच गरेका देशैभरि अझ विशेषगरी पन्जाव, हरियाणा र उत्तरप्रदेशका किसानले राजधानी प्रवेशका ५ वटै नाका सडकमै पाल टाँगेर सन् १९८८को चौधरी महेन्द्र सिंह टिकैतको आन्दोलनको धारा २सय ८८को झल्को दिए।असंख्य सरकारी अवरोध, दबाब, पुलिस फोर्सले रोक्न खोजेर भिडन्त हुँदा पनि नसकेर दिल्लीको निर्धारित थलो  प्रवेश र प्रदर्शनका लागिदिइएको सरकारी अनुमति किसानले भने स्वीकारेनन्। वार्तालाई पहिला उपेक्षा गरेको मोदी सरकारले अहिले संवाद थालेको छ। कर्पाेरेट हितको कानुन फेरबदल नगरेसम्म टसमस नहुने उनीहरू जन्तरमन्तर र रामलीला मैदानमा प्रदर्शन गर्न संकल्पित छन्। विपक्षीदलले आन्दोलनको समर्थन गरे।धार्मिक उन्मत्तता र शक्तिको केन्द्रीकरण गर्ने आदेशले देश हाँकिन्छ भन्ने मान्यता राख्ने प्रधानमन्त्री नरेन्द्रमोदीको ६ वर्षीय कार्यकालको यो सबभन्दा ठूलो चुनौतीर संकट हो। हरेक आन्दोलन र असन्तुष्टिलाई  विषयान्तर गर्न ऊ अहिले फेरिगोदी मिडिया प्रयोग गर्दैछ। आन्दोलनरत किसानले भने त्यस्ता मिडियालाई दुत्कारेकाले मिडिया सचेतताको आवश्यकता पनि देखिए।

आलोचनात्मक चेत र प्रतिरोधी भाव सरकारलाई असह्य बन्छ। दलित स्वाभिमान र आदिवासी आन्दोलनमा जहिले पनि ऊ नक्सल देख्नपुग्छ भने प्राध्यापक, कवि, कलाकारहरू अर्बन नक्सल ठहरिन्छन्। नागरिकता कानुनको विरोधी साहिनवाग प्रदर्शनमा पाकिस्तानी घूसपैठ देख्छ भने अहिलेको संसारकै ठूलो हड्तालमा पनि खालिस्तानी घुसपैठ देख्दैछ। छदम राष्ट्रवाद तयार गर्न हिन्दुअतिवादले आवेग उन्माद तयार गरेर घृणा फैलाउँदै डरत्रासमा आफ्नो औचित्य सावित गर्दैछ। इन्डियन एक्सप्रेसको कोलोममा भारतीय वरिष्ठ पत्रकार भानुप्रताप मेहता लोकतान्त्रिक बर्बरताको रक्षा न्यायिक बर्बरता एउटै विषयमा भिन्न मानक तयार गरेको भन्छन्। उनले भनेपछाडि आफ्नो र अर्कालाई न्यायदिन गरिने दोहोरो मापदण्ड त्यसैकारण हो।  

दक्षिणपन्थको अन्तिम मुकाम फासिवाद
दोस्रो विश्वयुद्धपछि पराजीत फासिवादलाई उकास्ने सञ्जीवनी बुटी छदम राष्ट्रवाद बन्यो। त्यसको ऊर्जा अल्पसंख्यक र पहुँचहीनलाई वर्चश्वशाली तप्का नक्कली सत्रु मान्दै परिभाषित गर्दैगयो। बौद्धिक तप्का, साहित्क जमात, कवि, कलाकार, आलोचनात्मक चेत र समाजवादी धारा अवरोध बन्दै गए। उदारवादी आवरणमा सक्रिय हुँदै गएका अतिवादीचिन्तनफेर्दैगएको पँुजीको चरित्र,राजनीतिको कर्पाेरेटीकरणहुँदै अमेरिकी राजनीतिक नेतृत्वमाट्रम्सको उदयसँगै उसले विश्व छाहारी पायो। लोकतान्त्रिक निर्वाचन र बहुसंख्यकवादले लोकतात्रिन्क बर्बरता विश्वव्यापी झाँगिदै गएपनि त्यसपछि फैलियो। न्यायिक आवरण कानुनीबर्बरताले दियो। जुन मुलुकमा संवैधानिक संरचना फितला थिए त्यहाँ लोकतान्त्रिक बर्बरताको वैधानिक न्यायिक बर्बरताका मोहर लागे। युद्धविना शक्ति सुरक्षा गर्न सकिँदैन।हतियारको खियालाग्न नदिन नयाँनयाँ अभ्यास भए। विश्व आर्थिक मन्दी र संकटसँगै फैलिएको अझ कोरनाकाल बहाना, अवसर र भाग्य बन्यो। संगठित भ्रष्टतन्त्र र  क्लेप्टोक्रेसीले अभ्यास गर्ने मौका पाए।

ठूलो रुखले शीतल छाहारी दिन्छ। एकझर पानीबाट पनि जोगाउँछ तर सेपलागेपछि हलक्कै बढेका बोट, बिरुवामा फल भने लाग्दैन्। महाशक्तिको सत्ता फेरबदलले दुनियाँका कमजोर र सामरिक महŒवका साना देशलाई पनि असर पार्छ। 

उदारवाद सधैँ मौलिक चरित्रमा टिकिरहन सक्दैन। युरोप र अमेरिकामा गोराउच्चतावोध आप्रवासी,मुस्लिम, काला, हिस्पोनिक,एसियाली प्रवासीलाई तीदेशकावर्चश्ववादीले समस्याको जह्रो भन्न भ्याए। अमेरिकामा समाजवादी र कम्युनिस्टलाई म्याकर्थीकालदेखि नै घृणा गरिन्थ्यो।ट्रम्सहरू जो वाइडेनलाई समेत रेडिकल समाजवादी र कम्युनिस्ट भन्न चुकेनन्। हुन त प्रख्यात विद्वान् नोमचोम्स्की अमेरिकामा डेमोक्रेट र रिपब्लिकन दुई पार्टी हैनन् कर्पोरेट एउटै मात्रै पार्टी हो भन्छन्।  

संसारमै ट्रम्ससिन्ड्रोमसाना÷ठूला, धनी÷गरिब सबैदेशमा देखियो। लोकतान्त्रिक अभ्यासबाट पनि फासिष्ट जन्मन्छ भन्ने कुरा हिटलरको उदयले देखाइसके तापनि कोरानाले धेरै शासकलाई न्यायिक बर्बरताले शक्तिको केन्द्रीकरण गर्न, जवाफदेहिताबाट जोगाउन, शक्ति सन्तुलनका संवैधानिक संस्थाको हैसियत नियन्त्रण गर्न सफल भयो।लोकतान्त्रिक बर्बरताको रक्षा न्यायिक बर्बरताले जन्माएको कुरा टर्कीमा इस्लाामकाप्रवक्ता राष्ट्रपति  एर्दोगान चर्चलाई मस्जिदमा फेर्न सके भने भारतमा अयोध्या र बाबरी मस्जिद देख्नसक्छौँ। पोल्यान्ड, हंगेरी रुस, ब्राजिल, फिलिपिन्स निर्वाचनबाटै गएका हुन्। माहन् फ्रेन्च क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम र लोकवादी आन्दोलनका सन्तानहरू वर्चश्ववादी बहुसंकवादको लोकतान्त्रिक बर्बरतासामु बबुरा बने। भारतको सत्ता मौनभाषामा गोडसे जिन्दावादभन्दा गान्धीवादी बबुरा बन्या जस्तै।

अन्तमा

– यदि रोगका लक्षण्विरुद्ध होसियार होइँदैन भने त्यसले क्यान्सर जस्तो महारोग लाग्न सक्छ। समयमै उपचार चाहिन्छ। शक्ति सन्तुलनले कमजोर भएको उग्रदक्षिणपन्थी शक्ति लोकप्रिय नारामा खेलेर सत्ता कब्जा गरेपछि मात्रै मौलिक अनुहार र भूमिकामै  फेरिन्छ।

–नयाँ कथ्य कथ्दैऐतिहासिक स्वर्णिमगाथा गाएर छदम राष्ट्रवादले आवरण तयार गर्नु, ठूला शक्तिसामु लम्पसार परेर कमजोरको घोडा चढ्नु,अल्पसंख्यक जाति, क्षेत्र, धर्म, भाषा, संस्कृति, अनुहारप्रति घृणा फैलाउनु र बहुमतको स्वर्गमा तिनै आप्रवासी वा अल्पमतले कब्जागरे भनेर बहुसंख्यकमा भय पैदा गर्नु ।

– आलोचनत्मक चेतमाथि दमन गर्नु र दरवारी तर्कशास्त्री जन्माउनु।

– सिद्धान्तको राजनीतिबाट सुविधाको राजनीतिको अभ्यस्त हुनु र कब्जा गर्नु।

– शक्ति पृथकीकरणको सिद्धान्त हैन कि संवैधानिक संरचना विघटन गर्नु वा भुत्ते बनाउनु।

–पिरामिडशैली टुप्पोमा एकल नेता अरू आदेशपालक । व्यक्तिकेन्द्रित हुनु। नीति, विधि तपसिलमा पारिनु।

–भिन्नमत वा आलोचनात्मक चेतलाई न्यायिक हतियार प्रयोग गर्नु। एउटै विषयलाई दुई उपायले विपक्षीको नियन्त्रण वा पछुवाको सुरक्षा दिनु।  

मिडियाले वैश्विक रूप लिइसकेको हुँदा उसका रूप र चरित्रले पनि राजनीतिक सीमारहित हुन पुग्यो। अब भिसा पासपोर्टको अर्थ र महत्व रहेन। राज्यशक्ति र वर्चश्वशाली समूहका हित र सत्रुमित्रु फेरिनेबित्तिकै सबभन्दा पहिला रूपमा मिडियामा देखिन्छन् भित्री कुरासैन्य अभ्यासमा।  

राज्यसत्ताको चरित्रअनुसार मिडियाका पनि चरित्र फेरिँदा रहेछन्। अहिले विश्वराज्य शक्ति दक्षिण ढल्को छ, त्यो पुँजीको चरित्रसँगै राजनीतिक नेतृत्वको सांस्कृतिक सोच हुन्छ। लिबरल सदा रहँदा रहेनछन्। राज्य जनतासँग अत्यन्तै संवेदनशील हुने स्केन्डिबियन देशले समेत दक्षिणपन्थको मार झेल्नु परिराख्या छ। सामान्यजनको प्रतिरोधको सशक्त हतियारभन्दा अधिकांश कर्पोरेट मिडिया, उग्रराष्ट्रवादका नाममा शक्तिको वफादार बन्दोरेछ। अझ झुटको पोको र दक्षिणपन्थको मियो बनेको ट्रम्स महोदयको फक्स र अन्य अमेरिकी मिडियाबारे पनि केही बोल्नेछु। सरकारी बारबरिज्म, न्यायिक बारबरिज्म र मिडियाका पक्षधारिताले मानव समाजका लोककल्याणकारी समाजबारे पनि छलफल गरौँला।  

मिडिया अब जनप्रवक्ता र उद्देश्यका सारसथ नभएर एउटा उद्योग बन्दै परम्परागत चिरित्र गुमाएर वा फेरिएर अन्य  उद्योगजस्तै यसलाई पनि नाफा पहिलो सर्त हो। जसरी राजनीति कर्पोरेटीकरण भयो त्यस्तै मिडिया पनि कर्पाेरेटीकरण भइसक्यो। पश्चिमा समाजमा त धेरै पहिलादेखि हो, भारतमा विगत दशकदेखि भयो।    

अब हरेक विषय सर्टकट गएकाले किन र कसरी भन्ने उत्तर दिन अधिकांश मिडया तर्कन थाले। आवाजविहीनको आवाज र कमजोरको अभिभावकको स्थानमा वर्चश्वशालीहरूको औजार बन्यो भने शक्तिशाली मिडया सरकार बनाउने र खेल्ने खेलाडी बन्दै गए। कुनैबेला चौथोअंग बनेको मिडियामा बजार हावी हुँदा हिजोसम्म विज्ञापनले मिडिया नियन्त्रण गथ्र्याे, उद्योग बनेको मिडयाका विज्ञापन, शक्ति र सोका रूप पनि फेरिए।

ठूलो रुखले शीतल छाहारी दिन्छ। एकझर पानीबाट पनि जोगाउँछ तर सेपलागेपछि हलक्कै बढेका बोट, बिरुवामा फल भने लाग्दैन्। महाशक्तिको सत्ता फेरबदलले दुनियाँका कमजोर र सामरिक महत्वका साना देशलाई पनि असर पार्छ। हुन त अमेरिकामा रिपब्लकन र डेमोक्रेट नामक दुईपार्टी छन् तर प्रख्यात चिन्तक नोमचोम्स्कीका अनुसार त्यहाँ एउटै पार्टीले शासन गर्छ, त्यो भनेको कर्पोरेट हो।

प्रकाशित: २२ मंसिर २०७७ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App