३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

भकुण्डोको खेल

यति बेला जब म यी पंक्ति कोर्ने प्रयास गर्दैछु, देशका प्रतिष्ठित कलाकार दशरथ रंगशालामा भकुण्डो खेलमा भिडिरहेका छन्। हरिवंश आचार्यदेखि राजेश हमालसम्म र दीपक गिरीदेखि जितु नेपालसम्मका कलाकार कहिले मैदानमा छन् र कहिले मैदानबाहिर।देशका उद्योगी–व्यापारीलाई कलाकारहरू, खास गरेर हाँस्य कलाकारको छनक र कला देखाएर मार्केटिङ गर्न उस्ताद विज्ञापन व्यापारीहरू कलाकारसँग भिडिरहेका छन्। काठमाडौंका अत्यन्त सचेत जनतामा बागमती सफा राख्ने चेतना जगाउन बागमतीजत्तिकै पवित्र उद्देश्य राखेर  प्रतीकात्मक हिसाबले खेलिएको यो खेलको उद्देश्य पनि मनोरञ्जन नै हो। नेपालका कलाकार त्यति गरिब त पक्कै छैनन्, तैपनि उनीहरूसँग भकुण्डो खेलका लागि आवश्यक लत्ताकपडा पर्याप्त नभएको जानकारी प्रत्यक्ष प्रसारणमार्फत् दिइरहेका छन् रेडियोकर्मीहरू। विज्ञापनका व्यापारीलाई के अभाव छ? कुनै प्रसारकले बताउने साहस गरेका छैनन। नया“ कार्यक्रमको अभावमा पुरानै कार्यक्रमलाई दर्जनौंपटक दोहोर्या्उने टेलिभिजन च्यानल पक्कै पनि सक्रिय होलान् खेलको मैदानमा। तर, टेलिभिजन च्यानलले खेलको प्रत्यक्ष प्रसारण गरे/नगरेको पक्का जानकारी स्तम्भकारलाई छैन। आज लोडसेडिङ छ हाम्रोतिर। लोडसेडिङ पनि के भन्नु र? कति बेला बिजुली जान्छ र कतिबेला बिजुली आउ“छ? जानकारी कसैलाई हु“दैन। देशमा सञ्चालनमा रहेका कुन विद्युतगृहमा कहिले आगलागी हुन्छ र जलाशयमा कहिले पहिरो खस्छ भन्ने संकेत पनि त पाइँदैन। मोबाइल फोनमा फिट हुने बत्ती गयो कम्प्युटर प्रोग्रामले पनि लोडसेडिङबारे सही सूचना दिन सक्दैन। सूचना सही भए न देओस्! गलत सूचनाको ठेक्का प्रोग्राम डेभलपरले किन लिनु र?
विज्ञापन व्यवसायी र कलाकारबीचको मैत्रीपूर्ण भकुण्डो खेलको प्रत्यक्ष प्रसारणको आनन्द लिँदालिँदै स्तम्भकारको मनमा एउटा सदविचार फुर्योर। सञ्चारकर्मी र विज्ञापन व्यवसायीबीच यस्तै भकुण्डो खेलको आयोजना हुन सके देशका सञ्चारकर्मी र विज्ञापनदाताबीच सौहार्दपूर्ण सम्बन्ध विकास हुने थियो। आखिर सञ्चारमाध्यममा एकसेएक खेलाडीको उपस्थिति छ, जो जुनसुकै विषयलाई पनि घुमाउन, उछाल्न र खाल्डोरूपी गोल पोष्टमा जाक्न सक्षम छन्। तर, सञ्चारकर्मीको दुर्भाग्य के हो भने भकुण्डोलाई खाल्डोमा छिराए पनि त्यो फाउल खेलेको ठहरिन्छ। उनीहरूको विजयको घोषणा गर्ने रेफ्रीले नै त्यसलाई फाउल हानेको ठहर गरी दिन्छ।
सा“च्चै, सञ्चारकर्मीले भकुण्डो खेल्ने नै इच्छा जाहेर गरे भने उनीहरूको जोडी कोसँग मिल्नेछ? को खडा हुनेछन् उनीहरूका विरुद्ध? नेपालका उद्यमी व्यापारीसँग उनीहरूको जोडा मिल्ने सम्भावना नै छैन। राजनीतिज्ञहरूसँग भकुण्डो खेल्न सक्छन् उनीहरू। तर, त्यो वर्गका मानिसमा खेलको नियम पालना गर्ने स्वभाव नै छैन। नया“ जमानाका साथीहरूका लागि यो नवीनतम सूचना हुन सक्छ कि कुनै बेला देशमा तुलसी गिरी नाम गरेका एकजना राजावादी पञ्च नेता थिए। उनी पटक–पटक प्रधानमन्त्री भैसकेका व्यक्ति हुन् र पनि ज्ञानेन्द्र शाहको एकतन्त्री शासनको पछिल्लो समयमा शाहकै नेतृत्वमा वनेको सरकारका उप नेतामध्येका एक थिए। तुलसी गिरी मानिस आफैमा विद्धान हुन्, र पनि उनको एकमात्र गुण भनेको राजाको आदेश शिरोपर गर्नु थियो। उनले एकपटक राष्ट्रिय सभागृहमा आयोजित पञ्चहरुको बृहत भेलामा भनेका थिए, 'हामी पञ्च भनेका महाराजको हुकुम शिरोधार्य गर्ने व्यक्ति हौं। महाराजबाट लौ आजदेखि तुलसी गिरी आइमाइ भए भन्ने घोषणा हुन्छ भने म अहिलेदेखि नै सारी र ब्लाउज लगाएर सडकमा खुलेआम हिँडन तयार छु।' उनको वक्तव्य सुनेर त्यति बेलाका सञ्चारकर्मी चकित भएका थिए। म चाहिँ तुलसी गिरीले सा“च्चै सारी ब्लाउज लगाएर हिडने हो भने कस्ता देखिएलान् भन्ने कल्पनामा डुबेको थिए“।
त्यो घटनाको तीन दशक बितिसके पनि राजनीतिज्ञहरूको मानसिकतामा कुनै परिवर्तन आएको छैन। उनीहरू आफैं परिवर्तनको संवाहक बन्छन् र आफैं परिवर्तनको चक्रलाई उल्टो गतिमा फर्काउन चाहन्छन्। अब बबुरा सञ्चारकर्मी कसरी खेलून् उनीहरूसँग भकुण्डो? बल घुमाउ“दै जब्बरको सञ्चारकर्मीको टाउको ताकेर फाउल हिर्काइदिए भने त बित्यास परि नै हाल्यो। एकताका प्रधानमन्त्रीको सरकारी टोली र व्यवस्थापिकाको व्यवस्थापक टोलीबीच भकुण्डो खेल्ने चलन थियो। तर, सरकार हरेक खेलमा हार्न थालेपछि त्यो चलन नै तुरियो। नया“ नेपाल बनाउन जनताबाट प्रत्यक्ष चुनिएका र पार्टीबाट छानिएर संविधान सभाका सदस्यका रूपमा देखिएको ठूलो जत्थाको मनमा कहिल्यै भकुण्डो खेल्ने विचार नै आएन। उनीहरू आफैं नेताहरूको भकुण्डो बने। नेताहरूले उनीहरूमध्ये कसैलाई पनि गोलपोष्टमा छिर्ने मौका नै दिएनन्।
सा“च्चै देशमा सञ्चारकर्मीसँग भकुण्डो खेल्ने कुनै जमात नै देखिएको छैन। यो अवस्थामा सञ्चारकर्मीले भकुण्डो खेलका सत्पात्रहरूको परिकल्पना मात्र गर्न सक्छ, आफैं खेल मैदानमा उत्रिन सक्दैन। अहिलेको मौसममा चुनावको मिति तत्काल तोक्ने र यथा समयमा तोक्ने पक्षका बीच भकुण्डो भिडन्तको सम्भावना सबैभन्दा प्रबल छ। अर्को भकुण्डो भिडन्त चुनाव लडने र नलडने पार्टीबीच हुनु एकदमै जरुरी छ। भकुण्डो भिडन्तमा जसको पक्ष हार्छ, त्यसले जित्ने पक्षको विचार शिरोपर गर्ने शर्त राखियो भने चुनावका लफडा सजिलैसँग सकिनेछ। चुनावमा भाग लिने र नलिने पक्षबीचको भिडन्त किन रोचक हुनेछ भने यसमा सात सालदेखि अहिलेसम्मका सबै वयोवृद्ध र सबै तन्नेरी नेताको सहभागिता रहनेछ। पुरानो र नया“ नेपालको यो सम्मिश्रण अन्ततः सबैका लागि रोचक हुने निश्चित नै छ।
कलाकारहरू जति सजिलोसँग भकुण्डो खेलमा जीत र हार स्वीकार्न सक्छन्, राजनीतिज्ञहरूका लागि त्यति नै सजिलोसँग जित र हार स्वीकार्नु कठिन हुन्छ। कदाचित राजनीतिज्ञहरू सञ्चारकर्मीसँग भकुण्डो खेल्न सहमत भैहाले भने पनि त्यसमा विश्वास गरिहाल्ने अवस्था रह“दैन। एघारजनाको भकुण्डो टीममा सामेल हुन सहमत भएको कति मिनेटपछि राजनीतिज्ञले सञ्चारकर्मीले सहमतिको झूठो खबर छापेको भन्दै खण्डन गर्ने हो त्यसको अत्तोपत्तो हु“दैन। आखिर अनन्तकालदेखि सञ्चारकर्मी खण्डनको पात्र बन्दै आएका छन्। राजनीतिज्ञहरूकै कुरो पत्याउने हो भने त सञ्चारकर्मीहरु झूठको कन्टेनर सावित हुने अवस्थामा पुगिसकेका छन।
सञ्चारकर्मीहरूको जोडी बरु कलाकारसँगै जम्न सक्छ। आखिर सञ्चारकर्मी पनि त एक प्रकारका कलाकार नै हुन्, जसको हातमा अक्षरको रेखा कोर्ने सीप छ। तर, दुःखको कुरा यतिमात्रै हो, सञ्चारकर्मीको कम्प्युटर सधैं ह्याङ भइरहन्छ भने कलाकारको कम्प्युटर सधैं घट्ट घुमेझैं घुमिरहन्छ। कलाकारको जीवन त तैपनि विज्ञापन व्यवसायीले गुलजार राखेका छन्। कहिले हातमा फलामे छड थमाइदिएका छन् कहिले सिमेन्ट। देश नै भाइरसग्रस्त भएका वेला बिचरा सञ्चारकर्मीको कम्प्युटर भने लगातार ह्याङ भैरहन्छ। यस्तो अवस्थामा कसैसँग पनि फुटबल खेल्ने उसको के नै औकात हुन्छ र?

प्रकाशित: ५ जेष्ठ २०७० ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App