२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नुवाकोटबाट प्रतिनिधि सभा १ (ख) मा कांग्रेसका महत विजयी

नुवाकोटको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को (ख) मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा नेपाली कांग्रेसका रमेशकुमार महत रहेका छन्।

उनी १ हजार ८ सय ८९ को मतान्तरको साथ विजयी भएका हुन्। महतले १३ हजार ७ सय २७ मत र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) बाट उम्मेदवार बनेका पूर्णलाल श्रेष्ठले ११ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।

उक्त निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यको लागि एक स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दिएका थिए। ती मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका बिमल थापाले ३ हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले ३ सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुंगानाले ९ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदार प्रसाद पौडेलले १ सय १५ मत प्राप्त गरेका छन्। 

यस्तै मंगोल नेशनल अर्गनाइजेशनका दिपेश राईले ४ सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले १ सय ७८ मत प्राप्त गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा ६१ हजार २ सय ९३ मतदाता रहेकोमा मंसिर ४ को निर्वाचनमा ३२ हजार २ सय ५७ मतदाताले मतदान गरेका थिए। निर्वाचनमा खसेको कुल मत मध्ये ३० हजार ७ सय मत सदर र पन्ध्र सय ५७ मत बदर भएको थियो।

प्रकाशित: ८ मंसिर २०७९ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App