२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नुवाकोट १ मा तामाङ र २ मा केसी विजयी

हितबहादुर तामाङ र अर्जुननरसिंह केसी।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। विजयी भएका दुवै उम्मेदवार सत्तारुढ लोकतान्त्रिक बाम गठबबन्धनबाट उम्मेदवार बनेका थिए।  

निर्वाचन क्षेत्र नम्बर १ मा तामाङ ३ हजार ८५ मतान्तर सहित  विजयी भएका हुन्। उनले २६ हजार ५ सय ४८ र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन्। त्यस निर्वाचन क्षेत्रमा १७ जनाले उम्मेदवारी दिएका थिए। ती मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ६ हजार १ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका  सुदर्शन सिटौलाले १ हजार ६ सय ११ मत प्राप्त गरेका छन्। उक्त निर्वाचन क्षेत्रमा १ लाख २० हजार ७ सय ५२ मतदाता रहेकोमा मंसिर ४ मा सम्पन्न निर्वाचनमा ६३ हजार ५ सय ६४ मतदाताले मतदान गरेका थिए। निर्वाचनमा खसेको कुल मत मध्ये ६० हजार १९ मत सदर र ३ हजार ५ सय ६५ मत बदर भएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा विजयी भएका अजुननरसिंह केसीको प्रतिष्पर्धीको भन्दा ११ हजार ६ सय ३० मत बढी रहेको छ। उक्त क्षेत्रबाट मंसिर ४ मा सम्पन्न निर्वाचनमा ६६ हजार एक सय १९ मत खसेकोमा ६३ हजार ४ मत सदर भएको थियो। सदर मत मध्ये २८ हजार एक सय ७ मत प्राप्त गरी केसी विजयी भएका हुन्। उनको निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत प्राप्त गरेका छन्। यस अघिको निर्वाचनमा विजयी भएका नेकपा (एमाले) का नारायणप्रसाद खतिवडाले यस पटक तेश्रो मत प्राप्त गरेका छन्। खतिवडाले १५ हजार ५ सय ६१ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेलले चौथो मत अर्थात  १ हजार ५ सय ७१ मत प्राप्त गरेका छन्।  

शनिबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा ३ हजार १ सय १५ मत बदर भएको छ।

प्रकाशित: १० मंसिर २०७९ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App