३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नुवाकोट–२ (ख) मा तामाङ विजयी

बहादुरसिंह लामा तामाङ।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ विजयी भएका छन्।

शनिबार बिहान सम्पन्न मत परिणाम अनुसार ८ हजार १ सय २५ मतान्तर सहित तामाङ विजयी बनेका हुन्। लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले १७ हजार २ सय ४९ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का विजयसिंह लामा तामाङले ९ हजार १ सय २४ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा ६ जनाको उम्मेदवारी रहेको थियो। त्यस मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रणप्रसाद न्यौपानेले २ हजार ६ सय २६, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले ७ सय ३० र मंगोल नेशनल अर्गनाइजेशनका दिलमान तामाङले १ हजार ९० मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सिंगराज लामाको ३० मत रहेको छ।  

यस निर्वाचन क्षेत्रमा ५९ हजार ५ सय २१ मतदाता रहेकोमा मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३२ हजार १ सय २९ मतदाताले मतदान गरेका थिए। खसेको मत मध्ये ३० हजार ८ सय ४९ मत सदर र १ हजार २ सय ८० मत बदर भएको छ।

प्रकाशित: १० मंसिर २०७९ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App