१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

आरजु र मन्जुलाई नगद बुझाएको अडिओ पनि सार्वजनिक!

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्तमा भुँइचालो गएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणा देउवा र पूर्वगृहमन्त्री खाण पत्नी मन्जुलाई करोडौं रकम बुझाएको दाबी गरिएको अडिओ आइतबार सार्वजनिक भएपछि यो प्रकरणले राजनीतिक वृत्त तात्तिएको हो।  

उक्त अडियो अनुसन्धानरत नेपाल प्रहरीको टोलीसँग पुगिसकेको स्रोतले दाबी गरेको छ। सार्वजनिक अडिओमा आरजुलाई २ करोड र मन्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको सुनिन्छ। अडिओमा रकम दिएको दाबी गर्ने व्यक्ति गिरोहको सदस्य रहेको स्रोतको दाबी छ।

यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ। सार्वजनिक अडिओ १ मिनेट ३ सेकेन्डको छ। 

‘आरजुलाई साढे २ करोड बुझाएको हो,’ अडिओमा सुनिएको छ, ‘६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मन्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ, त्यहीं बुझ्नुभएको हो।’ अडिओमा आफूलाई दुहुनो गाई बनाएको भनेर गुनासो गरिएको पनि सुनिन्छ।  

प्रहरी अनुसन्धानले पनि उक्त अडिओको आधिकारिकता र रकम बुझे–नबुझेकोबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ। प्रहरीकहाँ ३० मिनेटको अडिओ पुर्याइएको स्रोतको दाबी छ।

प्रकाशित: २५ वैशाख २०८० ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App