४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विजय गच्छदार तीन मन्त्रालयसहित सरकारमा जाने, अाजै सपथ हुने

काठमाडौं-  विजय कुमार गच्छदारले उप-प्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीका अनुसार स्थानीय विकास मन्त्रालय सहित, पर्यटन, भूमिसुधार मन्त्रालय पार्टीले पाउने छ। राप्रपा सरकारबाट बाहिरिनु अघि यी तीनै मन्त्रालय राप्रपाले सम्हाल्दै आएको थियाे।

गच्छदारले आज साँझ नै आफ्नो पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए।  

प्रकाशित: २५ वैशाख २०७४ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App