४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिकाको वडा नं. १ को वडाअध्यक्ष निर्वाचित एमालेका भरतलाल श्रेष्ठ। तस्विरः विजय

काठमाडौं— काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ। काठमाडौं वडा नम्बर १ अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्। उनले १०३५ मत ल्याएर विजय हाँसिल गरे। काँग्रेसका भोला थापाले ६३२ मत पाए।

वडा सदस्यहरुको अाधिकारिक घोषणा गर्ने तयारी भइरहेको छ।

अाइतबार भएको स्थानीय तह निर्वाचनको मतगणना काठमाडौं महानपालिकामा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको थियो। सुरुदेखि नै वडा नम्बर एकको मतगणना भइरहेको थियो। २४ घन्टा मतगणना गर्दा तीन दिनमा एउटा वडाको परिणाम अाएको हो।

चार सदस्यमध्ये एमालेले दुई र काँग्रेस दुई जितेका छन्। महिला सदस्यमा एमाले उम्मेदवार रशला तन्डुकार (८९१ मत) र अशोक श्रेष्ठ विजयी भए। खुला सदस्यतर्फ काँग्रेसका राजकुमार श्रेष्ठ (७९६) र दलित महिला सदस्य मीना सुनार (७९६) विजयी भए।

एक नम्बर वडामा २३३१ मत खसेको थियो।

वडा नं. १ मा एमाले उम्मेदवार विजय भएपछि राष्ट्रिय सभागृह बाहिर खुशियाली मनाउँदै एमाले कार्यकर्ता। तस्विरः विजय गजमेर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App