६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

विराटनगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर- विराटनगर महानगरपालिकाको पछिल्लो ४ सय ७० मतगणनाको मत परिणाम सार्वजनिक भएको छ। कांग्रेसका मेयरका उम्मेदवार पछिल्लो मतगणना परिमाणमा पनि अग्रता कायमै राखेको छ।

भर्खर सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले २ सय १६ मत प्राप्त गरेका छन्। एमालेका मेयरका उम्मेदवार विनोद ढकालले १ सय ५२ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले १ सय ७१, नेपाल लोकतान्त्रिक फोरमकी सुचि चौधरीले ८५ र माओवादी केन्द्रकी उपमेयर उम्मेदवार नमिता न्यौपानेले ७६ मत प्राप्त गरेकी छन्।

१ नम्बर वडाको हालसम्मको मतगणनामा संघिय समाजवादी फोरमका मेयर उम्मेदवार उमेश यादवले १३ मत र राप्रपाका प्रल्हाद साहले १२ मत प्राप्त गरेका छन्।

वडा नम्बर १ को मतगणना अहिले भइरहेको छ। विराटनगर महानगरपालिकामा १९ वटा वडा छन्। मतगणना सुस्त र अव्यवस्थित किसिमले भइरहेको छ। थप स्थानमा अरु वडाको मतगणना गर्ने तयारी भने भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: १६ असार २०७४ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App