६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

विराटनगरमा कांग्रेसको अग्रता कायमै, एमाले र फोरम पछ्याउँदै

विराटनगर- विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर र उप-मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले तेस्रा दिन पनि अग्रता कायमै राखेको छ।

वडा नम्बर १, २, ३, ४, १६, १७ र १८ को मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले १ हजार ९ सय १७ र उपमेयरका उम्मेदवार इन्दिरा कार्कीले १ हजार ६ सय २५ मत प्राप्त गरेका छन्।

एमालेका मेयरका उम्मेदवार विनोद ढकालले १ हजार ३ सय ३६ र उपमेयरका फोरम लोकतान्त्रिकका उम्मेदवार सुचि चौधरीले ७ सय ५४ मत प्राप्त गरेका छन्।

संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले १ हजार ४ र उपमेयरका माओवादी (केन्द्र)का उम्मेदवार नमिता न्यौपानेले ७७८ मत प्राप्त गरेकी छन्। विराटनगर महानगरमा कांग्रेस एक्लै, एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र माओवादी(केन्द्र)ले संघीय समाजवादी फोरमसित तालमेल गरेको छ। तालमेल गरेको दलका उम्मेदवार अहिलेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवारलाई पछ्याउँदैछन्।

१ लाख १२ हजार मतदाता रहेको विराटनगर महानगरमा १४ गतेको स्थानीय तहको निर्वाचनमा ८० हजार भन्दा बढी मत खसेको थियो।

प्रकाशित: १७ असार २०७४ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App