६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

विराटनगरमा मतान्तर बढाउँदै कांग्रेस

विराटनगर- चार दिनदेखि जारी विराटनगर महानगरपालिकाको मतगणनामा नेपालीका कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारको अग्रता कायमै छ। कांग्रेसका दुबै उम्मेदवारले आफ्ना प्रतिद्वन्दी भन्दा मतको अन्तर बढाउँदै लगेको छ।

 पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले ३ हजार ८ सय ७३ मत र उपमेयरका कांग्रेसका उम्मेदवार इन्दिरा कार्कीले ३ हजार ३ सय ५१ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका मेयरका उम्मेदवार विनोद ढकालले २ हजार ७ सय ७२ र नेपाल लोकतान्त्रिक फोरमकी उपमेयरकी उम्मेदवार सुचि चौधरीले १ हजार ५ सय ३६ मत ल्याएकी छन्। महानगरमा एमाले र लोकतान्त्रिक फोरमविच चुनावी तालमेल भएको छ।

 यस्तै, संघिय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले २ हजार १ सय ३१ र उपमेयरका माओवादी(केन्द्र)की उम्मेदवार नमिता न्यौपानेले १ हजार  सय १३ मत ल्याएकी छन्। विराटनगर महानगरपालिकाको अहिले वडा नम्बर १, २, ३, ४, १६, १७ र १८ को मतगणना भइरहेको छ।

प्रकाशित: १८ असार २०७४ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App