६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

महानगरमा अग्रता बढाउँदै कांग्रेस, एमालेलाई पछ्याउँदै फोरम

विराटनगर- विराटनगर महानगरपालिकाको ६ दिनदेखि जारी मतगणनामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा सुरु देखिकै अग्रता कायमै राखेको छ। कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली र उपमेयरका उम्मेदवार इन्दिरा कार्कीले आफ्ना प्रतिद्वन्दी भन्दा करिव २ हजार ३ सय बढीको अग्रता कायम गरेको छ।

विराटनगरको आदर्श माविमा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार पराजुलीले ७ हजार ६ सय ९९ र उपमेयर कार्कीले ६ हजार ६ सय २८ मत ल्याई अग्रता कायम गरेको छ। उनका प्रतिद्वन्दी नेकपा एमालेका मेयरका उम्मेदवार विनोद ढकालले ५ हजार ३ सय ४१ र उपमेयरमा नेपाल लोकतान्त्रिक फोरमकी ३ हजार १ सय ४ मत ल्याएकी छन्।

संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले ५ हजार १ सय ४६ र उपमेयरका माओवादी(केन्द्र)की नमिता न्यौपानेले ३ हजार ३ सय ६१ मत ल्याएकी छन्। कांग्रेसका मेयरका उम्मेदवार पराजुली आफ्ना निकटम प्रतिद्वन्दी एमालेका ढकाल भन्दा २ हजार ३ सय भन्दा बढीको मतान्तर छ। एमालेका ढकाललाई भने फोरमका यादवले तीव्र पछ्याइरहेको छ।

विराटनगरको १, २, १६, १७ र १८ वडाको भने मतगणना सकिएको छ। वडा नम्बर १ र १६ मा कांग्रेस, १७ र १८ मा संघीय फोरम र २ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

 

प्रकाशित: २० असार २०७४ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App