३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालमा

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अर्थमन्त्री युवराज खतिवडा। तस्बिर: दिनेश गोले

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका उनलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

विमानस्थलबाट अब्बासी हायत होटल जाने कार्यक्रम छ। उनको सम्मानमा ५ बजे सैनिकमञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्ने छन्। प्रधानमन्त्री अब्बासीको सम्मानमा आज होटल याक एण्ड यतीमा रात्रिभोजको आयोजना गरिएको छ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्नेछन्। भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेकोछ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App