२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीमा कुरा नमिल्दा कर्णाली प्रदेशसभा बैठक स्थगित

माओवादी केन्द्र र नेकपा एमालेबिच सरकारको नेतृत्वका बारेमा कुरा नमिल्दा कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले मंगलबार दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्य तालिका थियो। तर, केन्द्रमा शीर्ष नेतृत्वबिच कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिन सहमति भएपछि कर्णालीमा किचलो सुरु भएको छ।

एमाले केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री शर्माले राजीनामा दिनुपर्ने अडानमा छ भने माओवादी केन्द्र संसदमा प्रस्ताव दर्ता भइसकेकाले पहिले विश्वासको मत लिएर मात्रै केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने पक्षमा छ। दुई दलबिचको यहीँ किचलोका कारण संसद बैठक एक दिन पछाडि सरेको छ। संसद सचिवालयले ‘विशेष कारण’ले मंगलबारका लागि तय गरिएको संसद बैठक बस्न नसकेको बताएको छ।

‘मंगलबार दिउँसो तीन बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले माननीय सभामुखज्यूले सभाको अर्को बैठक बुधबार दिनको तीन बजे बस्ने गरी निर्धारण गर्नु भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: २० चैत्र २०८० १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App