२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउने निर्णय

वर्तमान एमाले-माओवादी लगायतका दल सम्मिलित गठबन्धनका तर्फबाट माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको छ।

महराको पक्षमा एमालेका २९, माओवादीका १० (सभामुख बाहेक), जसपाका ३, नेकपा समाजवादीका १, र एक स्वतन्त्र सांसदले महरालाई मुख्यमन्त्रीमा समर्थन गरेर जाने सहमति गरिसकेका छन्।

यो अवस्थामा महराको पक्षमा संसद्को बहुमत ४४ मत कायम हुन्छ। गठबन्धनमा रहेका ४ दल र एक स्वतन्त्र सांसदले माओवादीका महरालाई मुख्यमन्त्री बनाउने लगायत ५ बुँदे सहमति गरेका छन्।

‘माओवादी संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ,’ माओवादी प्रदेश प्रमुख सचेतक ईन्द्रजीत चौधरीले भने ‘गठबन्धनका पक्षमा स्पष्ट बहुमत कायम भएको छ।’

प्रकाशित: २२ चैत्र २०८० १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App