२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भाषण मात्र गर्नेलाई होइन, काम गर्नेलाई जिताउनुहोस्: रवि लामिछाने

इलामको माङ्सेबुङमा रवि लामिछाने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भाषण मात्र होइन, काम गर्ने व्यक्तिलाई मतदाताले चुनेर पठाउनुपर्ने बताएका छन्।

इलाम क्षेत्र-२ को फाकफोकथुम गाउँपालिकामा आज (शनिबार) आयोजित चुनावी सभामा लामिछानेले यसपटक रास्वपा उम्मेदवारलाई जिताउन आग्रह गरे।

‘एक पटक मिलन लिम्बूलाई जिताएर पठाइदिनुस्, मिलनले काम गर्न सकेनन् भने अर्को चोटि उनैलाई भोट हाल्नुपर्छ भन्ने छैन, हाम्रै पार्टीलाई भोट हाल्नुपर्छ भन्ने छैन,’ लामिछानेले भने, ‘तर, काम नगर्नेलाई भोट नहाल्नुस्, राम्रो उम्मेदवार जिताउनुस्, हाम्रो मात्रै होइन।’

सभापति लामिछानेले टिङटिङ बज्ने घण्टीलाई भ्रष्टाचारीको मुटु काम्ने गरी ढ्याङढ्याङ बजाउन आवश्यक भएको बताए। ‘अहिले सरकारमा रहेका हाम्रो पार्टीका चार मन्त्रीकै नाम काम गर्नेहरूको सूचीमा मिडियामा आइरहेको सुन्नुभएकै छ,’ उनले भने, ‘यो घण्टी अब घर–घरमा बजाउनुपर्छ, ता कि भ्रष्टाचारीको मुटु कामोस्।’

उनले रास्वपा बनेको डेढ वर्षमा नेपालमा एक आँधीको संकेत देखिएको भन्दै देशभर घण्टी बजाए मात्रै परिवर्तन देखिने बताए। लामिछानेले यसअघि माङ्सेबुङमा आयोजित चुनावी सभामा सम्बोधन गरेका छन्। 

रास्वपाले इलाम क्षेत्र-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। आउँदो १५ गते इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ।

प्रकाशित: ८ वैशाख २०८१ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App