२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आर्थिक समृद्धिका आधारभुत तत्व पहिलो प्राथमिकतामा पर्नुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा.युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन्।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले भ्रष्टाचार न्युनिकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरुलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी जोड आवश्यक रहेको बताए।

उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हाँसिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे। कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको र संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेकुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गरे।  सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा बिरोध गर्नुपर्ने स्थिति सिर्जना हुने उनको भनाइ छ। समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि उनले बताए।

‘वार्षिक बजेट एक वर्षको बन्छ,त्यसलाई आवधिकमा दोहोर्‍याउनुपर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औं योजना बनाएको हो। भोलि बजेट लेखौँला हामीले समाजवादउन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टेपमै योजना भन्दा फरक हुन्छ त। यदी त्यो लेखिएन भने बजेटको आलोचना त हामीले पनि गर्नुपर्ने हुन्छ। त्यसो भएकाले यस्ता कुराहरु हाम्रो संविधानले आत्मसाथ गरेका विषयहरुलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जाऔँ ,’उनले भने।

यसैबिच खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निमुर्ल गर्ने कुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताए।

प्रकाशित: १३ वैशाख २०८१ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App