३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम क्षेत्र २ अपडेटः सुहाङले कटाए १० हजार, ३ हजार ५९ मतले अघि

इलाम क्षेत्र २ को शनिबार सम्पन्न मतदानको मतगणनामा नेकपा (एमाले) का सुहाङ नेम्बाङ तीन हजार तीन सय ५७ मतान्तरले अघि छन्।

फाकफोकथुमका सात, चुलाचुलीका छ र माङ्सेबुङ गाउँपालिकाका चार वटा वडाको गणना भइसक्दा नेम्बाङले १० हजार चार सय १९ मत ल्याएका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको सात हजार ६२ मत आएको छ। 

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले  पाँच हजार सात सय ६१ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूको अहिलेसम्ममा एक हजार चार सय ५१ मत आएको छ।

अहिले माङ्सेबुङ वडा ५ र ६ को मतगणना जारी छ। यो क्षेत्रका छ पालिकाका ४२ वटा वडामध्ये अहिलेसम्म १७ वटा वडाको गणना सकिएको हो । क्षेत्र २ मा ६९ हजार २ सय ८७ मत खसेकामा अहिलेसम्ममा २५ हजार चार सय ५१ मत गणना भइसकेको छ।

यो क्षेत्रमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ। 

प्रकाशित: १७ वैशाख २०८१ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App